
नेपाल र अमेरिकाबीच सहकार्य सम्बन्धी सम्झौता
- आश्विन १५, २०८१ मा प्रकाशित

कासिन न्यूज, काठमाडौं ।
वाशिङ्टनडिसी (अमेरिका) नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा) मा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौताअनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ ।
उक्त सम्झौतापश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गर्नुभएको थियो । स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित हुनुहुन्थ्यो ।
परराष्ट्रमन्त्री राणा आजै वाशिङ्टनबाट दोहा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिनुहुनेछ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ ३, २०८२हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी
-
जेष्ठ ३, २०८२मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल त भएको छैन ? : नेता कोइराला
-
जेष्ठ ३, २०८२खेलले पढाईमा असर गर्ने भएपनि व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने : भलिबल खेलाडी उषा
-
जेष्ठ ३, २०८२पछिल्लो समयमा जलवायु परिवर्तनको कारण नसोचेको विपद् देखापर्यो : उपप्रमुख डंगोल
लोकप्रिय
-
लोकप्रिय जेष्ठ ३, २०८२हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी
-
लोकप्रिय जेष्ठ ३, २०८२मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल त भएको छैन ? : नेता कोइराला
-
लोकप्रिय जेष्ठ ३, २०८२खेलले पढाईमा असर गर्ने भएपनि व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने : भलिबल खेलाडी उषा
-
लोकप्रिय जेष्ठ ३, २०८२पछिल्लो समयमा जलवायु परिवर्तनको कारण नसोचेको विपद् देखापर्यो : उपप्रमुख डंगोल
Comments