

कासिन न्यूज,
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले संयुक्त रुपमा निर्णय गरेको भन्दै सोमबार निर्णय सार्वजनिक गरिएको थियो । जसमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकको पारीश्रमिक तीन वर्षे अध्ययन अवधिमा फरक–फरक हुने उल्लेख छ । उक्त निर्णयअनुसार पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो ।
निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् ।विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । यस प्रस्तावले आवासीय चिकित्सकलाई चोट पु¥ याउने काम गरेको उनीहरुको गुनासो छ ।
सोमबार नै आवासीय चिकित्सकहरूले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका थिए । मंगलबार उनीहरूले चिकित्सा शिक्षा आयोग घेराउ गरेका थिए । पूर्वसहमति र चिकित्सा शिक्षा आयोगले यसअघि नै गरेको निर्देशनअनुसार सरकारी मेडिकल कलेजका आवासीय चिकित्सकसरह पारीश्रमिक दिनुपर्ने माग उनीहरूको छ ।
निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आन्दोलन जारी रहने स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा.शेषराज घिमिरेले बताए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
लोकप्रिय फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
लोकप्रिय फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
लोकप्रिय फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
Comments