

कासिन न्यूज,
झापा ।
हल्दिबारी गाउँपालिकाले बिगत छ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो ।
अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन् । पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि.सं. २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताए । उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिए ।
पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने बर्षौदेखिको बाध्यता हटेको बताए । “पहिलोपल्ट पालिकाको अध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीका बसै पुल कच्ची र काठबाट निर्मित थिए,” उनले भने –“पुल पार गर्दा काठ भाँचिएला कि भन्ने डर हुने र बाढीले बगाउला कि भन्ने त्रास बोक्नु पर्ने अवस्था थियो ।”
अध्यक्ष लिङ्देनले नै वि.सं. २०७५ मा ‘काठेपुल मुक्त अभियान’ घोषणा गर्नु भएको थियो । पालिकाले प्राथमिकतापूर्वक आवश्यक बजेट बिनियोजन गरेपछि धमाधम काठेपुल हटाएर पक्की पुल बनाउन थालिएको थियो ।
पाँच वटा वडा रहेको हल्दिबारीमा ३३ हजार जनसंख्या छ । सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाका लागि पालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको अध्यक्ष लिङ्देनले बताए ।
एक सय वटा पक्की पुल निर्माण गर्न रु. १० करोड खर्च भएको भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर खनालले बताए । यसैवर्षको फागुन ३० गतेसम्ममा भुतेनी र भुसुडी खोलाको निर्माणाधीन पुलको कार्य सम्पन्न भइसक्ने उनले बताए ।
पालिकाले पुल र सडक निर्माणमा आन्तरिक स्रोतको परिचालन गर्दै आएको जनाएको छ । बिगत छ वर्षमा हल्दिबारीमा आन्तरिक स्रोतबाटै ३५ किमी सडक कालोपत्रे भइसकेको छ भने पाँच किमी कालोपत्रे निर्माणको चरणमा रहेको खनालले बताए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
लोकप्रिय फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
लोकप्रिय फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
लोकप्रिय फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
Comments