
पुलिस क्लबलाई ४–० ले हराउँदै एन्फा महिला लिग च्याम्पियन बन्न एपिएफ सफल
- माघ १६, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
सविता राना मगरको २ गोलमा एपिएफ नेपाल क्लबले नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै एन्फा महिला लिग च्याम्पियन बन्न सफल भएको छ। अपराजित रहँदै एपिएफ च्याम्पियन बनेको हो। २०६८ सालदेखि भएको फरक फरक प्रणालीको उपाधि निरन्तर एपिएफले मात्र जितेको छ। बुधबार एपिएफको जितमा सविताबाहेक सुरु लिम्बु र अनु लामाले समान १ गोल गरे।
दशरथ रंगशालामा बुधबार भएको खेलमा एपिएफले पहिलो हाफमा आफ्नो क्षमता अनुसार खेल्न सकेन्। ३० औं मिनेटमा अनिता बस्नेतको लामो प्रहारलाई गोल किपर उषा नाथले बचाइन्।यस बाहेक एपिएफले गोल गर्ने अवसर सिर्जना गर्न सकेन्। यता पुलिसले पनि मुभ समेत बनाउन सकेन्। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
दोस्रो हाफमा एपिएफले पुलिसलाई दबाबमा राख्यो। ६४औं मिनेटमा अनिता केसीले दिएको बलमा सरू लिम्बुले बक्स भित्रबाट दिएको सटिक पासमा सबिता राना मगरले क्लोज रेन्जबाट गोल गरिन्। एपिएफले १–० अग्रता बनायो।
पहिलो गोल खाएर सम्हालिन नपाउँदै ६९ औं मिनेटमा एपिएफले अग्रता दुगुना गर्यो। निशा थोकरको लामो पासमा रश्मी कुमारी घिसिङको हेडर पोलमा लागेर फर्कियो। रिबाउन्डमा सुरुले गोल गरिन्। ८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले अर्को गोल गरिन्। इन्ज्युरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै टिमलाई ४–० को जित दिलाइन्।
एपिएफले तेस्रो पटक पुलिसलाई हराएको हो। एपिएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो। बाँकी सबै खेल जित्न सफल टिम बन्यो। एपिएफलाई बराबरीमा रोक्ने टिम पुलिस नै हो। पहिलो चरणमा एपिएफलाई पुलिसले गोल रहित बराबरीमा रोकिएको थियो।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो।
अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो। शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बनेको थियो। उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ हात ।
पहिलो चरणमा छनोट चरणका खेल सुर्खेतमा भएको थियो । दोस्रो चरणमा कुल १० टोलीको सहभागिता रहेको थियो। दोस्रो चरणबाट ५ टिम अन्तिम चरणमा पुगेका थिए। डबल राउन्ड रोबिन पछि प्ले अफ भएको थियो। कोशी प्रदेशले अन्तिम चरण नखेल्ने भनेपछि बागमतीले अन्तिम चरण खेलेको हो।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
लोकप्रिय फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
लोकप्रिय फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
लोकप्रिय फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
Comments