
क्रिकेट एकेडेमीले पूर्वी भेग मात्र नभएर पुरैै राष्ट्रको प्रतिनिधित्व गर्ने : मेयर कार्की
- माघ १६, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा रहेको अन्तराष्ट्रिय स्तरको मूलपानी क्रिकेट एकेडेमीको पूर्वाधार निर्माणको कार्य तदारुकताका साथ अगाडी बढिरहेको छ । केही महिना अगाडी अन्तराष्ट्रियस्तरको क्रिकेट प्रतियोगीता भएको यो एकेडेमीलाई राष्ट्र कै एउटा अब्बल र राम्रो बनाउने सोच राखेको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द कार्की बताउँछन् ।
होस्टल भवनको तदारुकताका साथ निर्माण भै रहेकोले निर्माण अवधिभर सर्वसाधारणलाई अनधिकृत रुपमा मैदान भित्र प्रवेश गर्न नगरपालिकाले रोक लगाएको छ । रोकको सम्वन्धमा विभिन्न सामाजिक सञ्जालहरुमा बिरोधका स्वरहरु आएपनि निर्माण अवधि भर रोक लाउनु परेको मेयर कार्की बताउँछन् ।

मैदान भित्र जथाभावि प्रवेश गर्नाले निर्माण कार्यमा अवरोध उत्पन्न हुने भएकोले रोक लगाइएको दावी मेयर कार्की गर्छन् । निर्माण सम्पन्न भै सके पछि यथास्थितीमा प्रवेश गर्न दिने पनि मेयर कार्कीले बताए ।
अहिले धमाधम पूर्वाधारहरु निर्र्माण भै रहेको एकेडेमीले पूर्वी भेग मात्र नभएर पुरैै राष्ट्रको प्रतिनिधित्व गर्ने मेयर कार्कीले बताए । यदी कसैले अटेर गरेर मैदानमा प्रवेश गरेमा प्रचलित कानून अनुसार कार्वाही गर्ने भन्दै नगरपालिकाले सूचना प्रकाशीत गरेको छ ।


सम्बन्धित खवर
ट्रेन्डिङ
-
फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
लोकप्रिय फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
लोकप्रिय फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
लोकप्रिय फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
Comments