
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको विधेयक कांग्रेसलाई मान्य छैन : महामन्त्री शर्मा
- माघ १६, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने खालले ल्याइएको विधेयकलाई कांग्रेसले स्वीकार नगर्ने बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक ल्याउँदै गर्दा दुई दलबीच गहन छलफल नभएको पनि बताएका छन् ।
‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ,’ शर्माले भने ।
विधेयक ल्याउन सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन खोजेरै ल्याइएको हो भनेर भने पनि त्यसको भारी कांग्रेसले नबोक्ने शर्माको दाबी छ । ‘अभिव्यक्ति स्वतन्त्रता र मर्म र मूल्यको सन्दर्भमा कांग्रेसको दृष्टिकोण यो विधेयकले प्रतिनिधित्व गर्दैन,’ शर्माले भने ।
शर्माले जनमत, सरोकार, नियमन गर्ने अरु विधिहरू ख्याल नै नगरी विधेयक ल्याउने कार्य भएको बताए । फेक आइडी बनाउने, अमार्यादित ढंगले गाली गर्ने, अश्लिल सामग्री पोष्ट गर्ने नियन्त्रण गर्ने सन्दर्भमा भने आम नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताकै चाहना पनि रहेको पनि शर्माले बताए ।
‘मिस र डिस इन्फर्मेशनले परेको असर र परीक्षण गर्न पनि मर्यादित ढंगको सोच जरुरी नै छ,’ शर्माले अघि भने, ‘तर, अहिले आएको आएको विधेयक अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने खालको छ ।’
उनले कतिपय विषयहरू प्रेस काउन्सिलले हेर्न मिल्ने पनि बताए । कतिपयमा कारबाही प्रक्रिया फरक तरिकाले गर्न सकिनेमा फौजदारीमा तान्न खोजिएको प्रावधानहरूप्रति उनको आपत्ति छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ७, २०८१बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण
-
लोकप्रिय फाल्गुन ६, २०८१भेटियो शव : चाँगुनारायणको खोरियामा १९ वर्षीय लामा मृत अवस्थामा
-
लोकप्रिय फाल्गुन ६, २०८१मैत्रीपूर्ण क्रिकेट खेलका लागि १८ जना खेलाडी बन्द प्रशिक्षणमा
-
लोकप्रिय फाल्गुन ६, २०८१संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? : सांसद साउद
Comments