•  २४ जेष्ठ २०८३, आईतवार

आउट गोइङ सभापति देउवाको रोजाईमा को ? : कांग्रेसको कमान लिन धौडधुप सुरु

- फाल्गुन ४, २०८१ मा प्रकाशित


सुधीर नेपाल

फागुनको पहिलो साता सम्म आइपुग्दा पनि चिसोले साथ नछोडेको अवस्थामा अहिले नेपाली राजनीति भने गर्माइरहेको अवस्था छ । त्यसमा पनि नेपालीराजनीतिको अग्रविन्दूमा रहेको नेपाली कांग्रेसको राजनीतिमा अहिले बेग्लै धक्काहरु लाग्ने क्रम जारी रहेका छन् । राजनीति भनेको बाहिर एउटा भित्र अर्को गर्ने कार्यशैली पनि हो ।गर्मीएको राजनीतिमा सितलता दिने उद्देश्यले कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय नेताहरूसँग छलफल सुरु गरेका छन् । बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले शुक्रबार बिहान आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।

छलफल बिषय समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरण लगायतको विषयमा भनिए पनि छलफलको मूल बिषय भनेको नजिकिन लागेको १५ औं महाधिवेशनलाई लिएर थियो भन्ने कुरा ठम्याउन गाह्रो हुँदैन । आउट गोइङ सभापति देउवाले आफूपछि कसलाई आफनो अग्रधिकार अर्थात उत्तराधिकारी बनाउँछन् भन्नेमा हो ।

बूढानीलकण्ठस्थित निवासमा भएको छलफलमा सभापति देउवाका निकट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्व गृहमन्त्रीहरू विजयकुमार गच्छदार र बालकृष्ण खाँण, पूर्व परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरू सहभागी थिए ।सभापति देउवाले चाहेका जस्तो उत्तराधिकारीहरु यही समूहमा रहेको भन्दा फरक नपर्ने स्थिती छ । यि मध्ये अहिले सभापति देउवा पछि सभापतिको हकदारको देउवाको दाहिने हातको रुपमा बर्तमान उपसभापति पूर्ण बहादुर खड्कालाई लिन सकिन्छ । कांग्रेसको सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्किएका उपसभापति खड्का अहिले भित्री रुपमा सभापतिको लागि प्रवल दावेदारको रुपमा देखीएका छन् ।

उता महामन्त्री गगनकुमार थापा, नेता डा.शेखर कोइराला अग्रभागमा सभापति पदको दावी गरिरहेका छन् । त्यस्तै बिमलेन्द्र निधी, कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंहले पनि सभापति पदको लागि दावा गरिरहेका छन् । कांग्रेस राजनीतिमा कोइराला परिवारको बिरासतलाई पाखा लगाएका सभापति देउवाले आफनो बिरासत कोइराला समूहलाई दिन्छन् भनेर सोच्नु एउटा राजनीतिक र्मूख्याई मात्र हुनेछ । यसबाट पनि पुष्टि हुन्छ सभापति देउवाले आफनो उत्तराधिकारी चयन गर्दा धेरै सोच बिचार गर्नेछन् ।

कांग्रेसका नेताहरु

१५ औं महाधिवेशन पछि कांग्रेसको कि लाई आफनो कोटको खल्तिमा राखेर पार्टीलाई आफनो वरिपरी घुमाउने सोच पक्कै पनि सभापति देउवामा नहोला भन्न सकिन्न । त्यसैले पनि सभापति देउवाले आफनो उत्तराधिकारीलाई यति चाँडै अगाडी ल्याउने सम्भावना पनि कम छ । सभापति देउवाको सोच र निर्णयको प्रतिक्षामा अहिले कांग्रेसका अन्य बरिष्ठ नेताहरु लागेका छन् ।‘सभापतिज्यूले आफूसँग मन मिल्ने पूर्व पदाधिकारी सहितका सिनियर नेताहरूलाई छलफलका लागि बोलाउनुभएको हो । समसामयिक विषयमा छलफल भयो,’ बैठकमा सहभागी एक नेताले बताएका थिए ।

सबैलाई मिलाएर लान सक्ने क्षमता भएका सभापति देउवाले सरकारको नेतृत्व र त्यसका सदस्यहरु चौतर्फी खेपे पनि सभापति देउवाको मिलाउन सक्ने राजनीतिका अगाडी बिस्तारै त्यस्ता बिरोधहरु पाखा लाग्दै छन् । भूराजनीतिक प्रेसरको सामना सभापति देउवालाई भएपनि उनको चातुर्यताको अगाडी कसैको केही लाग्ने वाला छैन ।पार्टीभित्र संख्यात्मक बल अहिले पनि सभापति देउवासँग छ । पार्टी संरचनामा शक्तिशाली सभापति देउवाले अरूका लागि पद त्याग्ने कुरा बारम्बार बताउँदै आएका छन् ।

राजनीतिक माहोललाई गर्माएर आफनो पक्षमा बातावरण बनाउन सफल भएका सभापति देउवाकोे उद्देश्य पनि पार्टीमा एकता हो । जसका लागि अहिले सभापति देउवाले बातावरण बनाउँदै लगेका छन् । बाहिर कट्टर बिरोध गरे पनि सभापति देउवाको अगाडी पुगेपछि लचिलो बन्ने नेताहरुको चालले पनि सभापति देउवालाई राम्रै फाइदा पुग्ने काँग्रेसका शिर्ष नेताहरु बताउन थालेका छन् ।हुन् त अब सभापति देउवा आउट गोइङ सभापति हुन् तर आउट गोइङ हुन् लाग्दा पनि सभापति देउवा राजनीतिमा हिरो साबित हुन् थालेका छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
1
+1
0
+1
0
Comments