५, फाल्गुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आइतबार प्रतिनिधीसभामा सांसद प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्रीले उल्टै आक्रोशित हुँदै प्रतिप्रश्न गरे। अन्तिममा साहले ७० लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक पेस गर्दै देशबाट पलायन भइरहेका उनीहरूलाई रोक्न नसकेको, दुईतिहाइको सरकार भए पनि अध्यादेश पास गर्न हम्मे परेको, विकास निर्माणका काम अस्तव्यस्त रहेको लगायतका विषयमा प्रश्न गरेका थिए।
तर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुको साटो उल्टै प्रतिप्रश्न गरे। ‘उहाँ (प्रभु साह)का प्रश्नहरू उहाँका भावनामा रहेका विरोध घृणा, आक्रोश र अपमानजनकसमेत छन्’, आक्रोशित हुँदै उनले भने, ‘संसद् जस्तो गरिमामय ठाउँमा यस्तो भाषा के हो? विदेश युवा पठाएर, के म मेनपावर कम्पनीको मान्छे हुँ? तपाईँले भनेको ७० लाख युवा यो सरकार बनेपछि ७/८ महिनामा गएका हुन्?’ त्यसपछि जुरुक्क उठेर सांसद साहले पूरक प्रश्न गर्न खोजे।
प्रधानमन्त्री ओलीमा देखीएको ठाडोपना शैलीका कारण अहिले राजनीतिक बजार र रोजगार व्यवसायीहरुमा एक प्रकारको तरंग फैलीएको छ । प्रधानमन्त्री ओलीले बोलेको रोजगार व्यवसायी लक्षित शब्दलाई लिएर रोजगार व्यवसायीहरुले चर्को बिरोधका स्वरहरु अगाडी ल्याएका छन् । राजनीतिक तानाबुनाको अगाडी कसैले पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीलाई उनले बोल्ने टुक्का र अरुलाई होच्याउने शैलीको बिरोध भने भै रहन्छ ।

देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री ओलीले यस्ता कुराहरुलाई झिनामसिना सावित गर्न तम्सिरहेका हुन्छन् । राज्यका सांसदहरुले आफनो कुरा राख्ने थलोको रुपमा रहेको प्रतिनिधी सभा जस्तो गरिमामय संस्थामा देशका कार्यकारी पदमा रहेका ब्यक्तिबाट नौटंकी प्रर्दशन हुन थाले पछि अन्य निकायको चाला कस्तो होला त्यो पनि सोच्नु पर्ने अवस्था आएको छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान दिनु पर्ने थियोे । तर विभिन्न अब्स्ट्यागलहरु आएका छन् भन्दै पन्छिने प्रधानमन्त्री ओलीको बानीले आइतबार प्रतिनिधी सभामा निम्तिएको कलह हो ।
देशमा देखीएका आर्थिक तरलता , बढ्दो बेरोजगारीता, महँगाई जस्ता जटिल समस्याहरुको समाधान तर्फ ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय बनेको थियो तर १ वर्षको अवधि पार गर्न लागि सक्दा पनि यसको जर्मको भने हुन् सकेको छैन । यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ ।
राजनीतिमा नैतिकता र इमानदारिता हुनैपर्छ । माफीया डनहरु गलत काम गर्छन्, आपराधिक काम गर्छन् । नेपाली राजनीति भने माफीया डनहरुले गर्ने गन्दा धन्दा भन्दा पनि गएगुज्रेको भइसकेको छ ।हाम्रो राजनीतिका खेलाडीहरुले इमान्दारीको न्यूनतम मापदण्ड पनि पुरा गर्न छाडेका छन् । विश्वासको सामान्य आधार पनि खडा गर्न असमर्थ भएका बेला प्रधानमन्त्री ओलीले माफिया डनहरुले गर्ने गन्दा धन्दा भन्दा गएगुज्रेको बताइरहेको बेला आफैले प्रतिनिधी सभामा देखाएको डनगिरी लाई के भन्ने ? सामान्य शिष्टता र धैर्यता कायम गर्न नसक्नु प्रधानमन्त्री ओलीमा देखीएको अंहमताको पराकष्ट हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments