•  २० भाद्र २०८३, शनिबार

उखान टुक्काका बादशाहले चलाएको राज्य

- फाल्गुन ९, २०८१ मा प्रकाशित


सुधीर नेपाल

अचैतन्य(ज्ञान नभएको) कुराहरु गर्न माहिर मानिएका  प्रधानमन्त्री ओली उखान टुक्का बादशाह

शुक्रबार काठमाडौंको बजारमा सामाजिक सञ्जालको तरंग फैलियो । काठमाडौं महानगरका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाल र नेपाली राजनीतिका हस्तिहरु लक्षित भनाइले काठमाडौंमा खैलाबैला मच्चिएको एक पलमा नै मेयर साहले ट्रम्पलाई उनको शब्दमा ब्यंग्य गर्दै धन्यबाद दिएका थिए ।

राष्ट्रपति ट्रम्पले दिएको भनाइले नेपाली राजनीतिका हस्तिहरुलाई खासै प्रभाव पर्ने अवस्था रहेन तर राष्ट्रपति ट्रम्पको भनाइलाई लिएर मेयर साहले प्रधानमन्त्री ओलीलाई राम्रै दनक दिएका छन् ।भरथेग र आशावादी समाजको निर्माणमा लागि रहेका नेपाल राज्यका कर्ताहरुलाई यस्ता बचनबाणले खासै प्रभाव पार्दैन भन्ने उदाहरणहरु बिगत देखी देखींदै आएको छ ।

राज्यको नेतृत्वको हर्ताकर्ताको रुपमा ११ महिना अगाडि उदाएका प्रधानमन्त्री केपी शर्मा ओलीको लागि देश भित्रका चुनौतीका चाङका बाढी लागिरहेका छन् । चुनौतीहरुको सामना गर्न सक्ने क्षमता राजनेताहरुमा नभएको पनि प्रस्ट हुँदै छ ।

प्रधानमन्त्री र मेयर

अचैतन्य(ज्ञान नभएको) कुराहरु गर्न माहिर मानिएका देशका प्रधानमन्त्री ओलीलाई उखान टुक्का बादशाह भनिन्छ । तर देशमा अब उखान टुक्का चल्ने र चलाउने अवस्था छैन । देश अहिले अचकाली(चौपट्ट) अवस्थामा पुगीसकेको छ । उता प्रधानमन्त्री ओली भने झुटो आश्वसनको खेती गर्न मग्न छन् ।

हावा हुण्डरी कुरा गरेर सामाजिक सञ्जालमा नायक बन्न खोज्ने प्रधानमन्त्री ओलीलाई मेयर साहले राम्रै झापड दिए । यसले अब लगभग लगभग पुरातात्विक बिचारधारहरु पाखा लाग्ने अवस्था आउन लागेको झल्को पनि दिन्छ ।

उखान टुक्का र बोली आफना स्थानमा छन् । प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान दिनु पर्ने थियोे । अब्स्ट्यागलहरुको बिच अब्स्ट्यागल नै निम्त्याएर देशलाई बिदेशी राष्ट्रको सामु निहुँराउने काम अहिले हाम्रै राज्यका कर्ताकर्ताहरुले गरिराखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments