छोटा पहिरनहरुको रंगीन दुनियाँ : रमाइलो हाम्रो बजार
- फाल्गुन १६, २०८१ मा प्रकाशित

जनिता राई आफैमा रमाइलो गर्नु पर्ने र सामाजिक सञ्जालका लाइनमा आफनो ध्यान केन्द्रित गर्ने युवती हुन् । सञ्जालमा बिशेष ध्यान राख्ने जनितालाई अहिले सञ्जालमा आएको बेथिती देखी भने केही खिन्नता महसुस हुन्छ । तर उनले सामाजिक सञ्जाललाई गला लगाउन भने छोडेकी छैनन ।उनको रात र दिनको आधा समय सामाजिक सञ्जालका कथन देखेर नै बित्ने गर्छ । कहिले काँहि वाक्क लाग्दो रहेछ जनितालाई त्यो समयमा भने हराउने उनको बानी छ । कहाँ जान्छिन् होला जनिता । यो प्रश्नको उत्तर उनी सँग पनि छैन् । भन्छिन् , काठमाडौं गतिविधि नियाँल्न यसो बाहिर पाइला लगाउँछु ।
जब उनी बाहिर निस्किन छिन् । उनले नियाँल्ने भनेको आफू जस्तै यौवनले परिपक्क भएका युवतीहरुलाई हो । शहरको चौबाटोमा पाइला चाल्दा उनले आँखा लगाउने भनेको यौवनका परिपक्क युवतीहरुको पहिरनलाई हो ।यसो हेर्छु शहर त अब हामी जस्तै परिपक्क भएछ । भन्छिन् , मोर्डनाइजेसनले हदबन्दी पार गरेको जस्तो हुन्छ मलाई त ।जता ततै छोटा पहिरनहरुको रंगीन दुनियाँ । कति रमाइलो छ हाम्रो बजार । झन् अहिले त घुँडा माथि देखाउने र छातीको माथिल्लो भाग मात्र छोप्ने चलन आएको छ ।अचम्मको पहिरन लगाउने चलन आइ सक्यो ।
उनी भन्छिन् , हा छोड्नु आफूलाई लगाउन मन भए लगाए भइ हाल्यो हैन् किन अरुको नाटीखुसी गर्नु ।हो कुनै समय त मलाई यस्तो पहिरनमा रंगीन पाए जस्तो हुन्थ्यो । तर के गर्नु परम्पराले रोक्यो । उनी भन्दै थिइन, तपाईलाई थाहा छ जति जति कपडा छोटिन्छ त्यति त्यति रंगीन दुनियाँ पनि बढ्दै जान्छ । । हो नि अहिले त्यस्तै देखीन थालिएको छ । उनी थप्दै थिइन यो रंगीन दुनियाँको मायाजालमा अहिले धेरै फस्न थालेका छन् ।जसको एक कारण मध्ये पर्न आउँछ छोटो पहिरन ।
जसको लगानी धेरै हुन्छ । पहिरीनेको आयश्रोत कम अनि छिर्नु परेन रंगीन दुनियाँमा । जनिताले गेस गरेका कुरा मात्र हुन् यी । तर अहिले उपत्यका साच्चै युवतीहरुले लगाउने पहिरनमा उदार भएको जस्तो लाग्न थालेको छ ।जसको सामाजिक सोच देखी विभिन्न विषयहरुमा उदारता कायम हुन् थालेको पनि छ । हुन् त अहिलेको सामाजिक मान्यता नै त्यस्तै भै सकेको छ ।कम्मर तल केही भाग छोपीन्छ भने कम्मर देखीको भाग अर्ध गतिमा छोपीन्छ । अनि पहिरनको अवस्थालाई नियाँल्ने पनि खुश नियाँल्न लगाउने पनि खुश भएन त मजा ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments