•  २४ जेष्ठ २०८३, आईतवार

सम्झनामा किशुनजी : प्रधानमन्त्री निवासबाट  हातमा छाता र कमण्डलु लिएर पैदलै निस्कने नेता

- फाल्गुन २०, २०८१ मा प्रकाशित


 

सुधीर नेपाल

 स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको कोपभाजनको सिकार भएका किशुनजी 

कृष्णप्रसाद भट्टराई (किशुनजी) अहिले हामी बिच छैनन । तर उनको इतिहास हामी सँग छ । नेपाली राजनीतिमा बहुमुखी प्रतिभाका धनी रहेका किशुनजी नेपाली राजनीतिका इतिहास नै हुन् ।सधैं हसमुख र ठट्यौली पनालाई सुत्रधारको रुपमा अँगाल्ने किशुनजीको सेन्स अफ ह्युमर उच्च थियो। राजनीतिक देखी विभिन्न यात्राहरुको पाठलाई अहिले कांग्रेसका कुनै पनि नेताहरुले पढ्न सकेका छैनन । कांग्रेसका सन्त नेताको उपमा पाएका किशुनजी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए।

वि.सं. २००३ सालमा कांग्रेसमा रहेका किशुनजीले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । किशुनजी वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।२०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका किशुनजीले २०४७ निर्माण गरी लागू गराउने कार्यमा अहम भूमीका निर्वाह गरेका थिए ।

बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व निर्वाह गरेका किशुनजीले २०४८ सालको निर्वाचन आफनै नेतृत्वमा गराएका थिए ।
तर सो निर्वाचनमा कांग्रेसका नेताहरुले गरेका अन्तरघातको सिकार भएका किशुनजी काठमाडौँबाट पराजित भएका थिए। २०५६ को आम निर्वाचनमा पर्साबाट भने उनी विजयी भएर प्रधानमन्त्री बनेका किशुनजी पार्टीको आन्तरिक कलहले सधैं पिरोलिरहन्थ्यो । कोइराला परिवार रजगजले त्यति बेला कांग्रेसलाई राम्रै सँग गाँजेको थियो ।

किशुनजी

स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको कोपभाजनको सिकार किशुनजी भएका थिए । पार्टीमा देखीएको एकाधिकारबादी सोचले ग्रस्त भएका किशुनजी बिस्तारै पार्टीबाट टाढिने क्रममा थिए । जिवनको अन्तिमकालमा आउँदा किशुनजीले पार्टी छोडे सरह नै थियो ।गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।

भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रहेका आफना परिवारका किशुनजी राजनीतिमा झन अगुवा हुन पुगे।बनारसमा जन्मेका किशुनजीको शिक्षा बनारसमा भएको थियो। भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ किशुनजीलाई पत्रकारको रुपमा पनि चिनिन्छ ।बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा सक्रिय रहेका किशुनजीले नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन बिगुल फुक्न छलफल सहभागी हुन् थाले ।

नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका किशुनजी २००३ माघमा कोलकातामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको संगठन मन्त्री बनेका थिएनेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली कांग्रेस गठनपछि सहमहामन्त्री बनेका किशुनजीले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए।

प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका किशुनजीले २०१६ सालमा प्रतिनिधि सभाका सभामुखको पदको दायित्व वहन गरेका थिए। २०१५ निर्वाचनमा गोर्खाबाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभा स्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगैे अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि किशुनजीले निरन्तर १० वर्षसम्म जेल बस्नुप¥यो।

सन्त नेता

त्यसपछि पनि पटक–पटक जेल परेका किशुनजीले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उद्घाटन गर्ने किशुनजीले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएका छन्।
२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई किशुनजीलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए ।

बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्व भएका किशुनजीले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर कांग्रेसको नेतृत्व गरे। २०४८ सालमा भएको कांग्रेसको आठौँ महाधिवेशन सभापतिमा निर्वाचित भएका किशुनजी २०५३ सम्म सभापतिको पद सम्हाले।

किशुनजीको १७ वर्षे सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ सालको जनआन्दोलनमा पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने किशुनजी प्रजातन्त्र पुनस्र्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बने। तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गरे। २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए।

 

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
Comments