१३ वर्षीया बालिका बलात्कार प्रकरण : पीडितलाई नगद दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीको फन्दामा
- चैत्र ११, २०८१ मा प्रकाशित
कासिन न्यूज,
पाँचथर ।
इलामको माईमा १३ वर्षीया बालिका बलात्कार गर्ने चार जना पक्राउ परेका छन् ।बलात्कारको घटना सार्वजनिक हुन र पीडितलाई अदालत जान रोक्ने उद्देश्यले ३ लाख रुपैयाँ नगद दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, उनका ५८ वर्षीय बुबा केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पीडकका बुबा केदारनाथ गिरी र छिमेकी तुलाधर अर्याललाई आ–आफ्ना घर तथा पीडक केशव गिरी र उनका काका नारायण गिरीलाई इलाम र झापाको सीमावर्ती क्षेत्रमा लुकेर बसेका ठाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला अनुसन्धान सुरु गरिएको प्रहरीले प्रहरीले जनाएको छ ।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा पीडक फरार भएका थिए ।त्यही बेला छिमेकी अर्यालले पीडित पक्षलाई बोलाई ३ लाख रुपैयाँ दिएको खुलेको छ । प्रहरीले उक्त रकम अनुसन्धानका क्रममा पीडितकी आमाबाट बरामद गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments