
१३ वर्षीया बालिका बलात्कार प्रकरण : पीडितलाई नगद दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीको फन्दामा
- चैत्र ११, २०८१ मा प्रकाशित

कासिन न्यूज,
पाँचथर ।
इलामको माईमा १३ वर्षीया बालिका बलात्कार गर्ने चार जना पक्राउ परेका छन् ।बलात्कारको घटना सार्वजनिक हुन र पीडितलाई अदालत जान रोक्ने उद्देश्यले ३ लाख रुपैयाँ नगद दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, उनका ५८ वर्षीय बुबा केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पीडकका बुबा केदारनाथ गिरी र छिमेकी तुलाधर अर्याललाई आ–आफ्ना घर तथा पीडक केशव गिरी र उनका काका नारायण गिरीलाई इलाम र झापाको सीमावर्ती क्षेत्रमा लुकेर बसेका ठाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला अनुसन्धान सुरु गरिएको प्रहरीले प्रहरीले जनाएको छ ।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा पीडक फरार भएका थिए ।त्यही बेला छिमेकी अर्यालले पीडित पक्षलाई बोलाई ३ लाख रुपैयाँ दिएको खुलेको छ । प्रहरीले उक्त रकम अनुसन्धानका क्रममा पीडितकी आमाबाट बरामद गरेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
लोकप्रिय
-
लोकप्रिय बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
लोकप्रिय बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
लोकप्रिय बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
लोकप्रिय बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
Comments