

कासिन न्यूज,
दाङ ।
सोमबार राती २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो । अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) कृष्णप्रसाद लम्सालले बताए । प्रजिअ लम्सालका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् ।
दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराजनगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ । “प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ”, उहाँले भन्नुभयो, “निभाउन अझै समय लाग्ने देखिन्छ ।”
आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताउनुभयो । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।
सम्वन्धित समाचार
साङ्ग्रिला प्लाई उद्योगमा आगलागी : करोडौँको क्षति-३० घर जोखिममा

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
लोकप्रिय
-
लोकप्रिय बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
लोकप्रिय बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
लोकप्रिय बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
लोकप्रिय बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
Comments