•  ५ बैशाख २०८२, शुक्रबार

गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा महानगरको डोजर

- चैत्र ११, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ ।काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो ।गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए ।

‘गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो,’ सुवेदीले भने, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’ अहिले महानगरको डोजरले संरचनाहरू भत्काइरहेको छ ।

 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर