•  २४ जेष्ठ २०८३, आईतवार

शिव कि श्रीपेच ? : हिंसात्मक विरोधको मुख्य योजनाकार जसले गुमेको बिरासत खोज्दै छ

- चैत्र १७, २०८१ मा प्रकाशित


सुधीर नेपाल

राजाको लोकप्रियता, नेताहरूप्रति जनताको वितृष्णा आक्रोश, अविश्वास ,भएका कारण कुनै पनि बेला दुर्घटना नहोला भन्न सकिन्न ।बुद्धि, विवेक, दूरदर्शिता छ भने एक मुठ्ठी माटो लिएर मुलुक ,धर्म संस्कृति र जनताको हितको लागि के कस्तो कदम चाल्नुपर्ने हो त्यो बुझ्ने बेला भएको छ भन्छन् हरेक जन ।

जनताको नासो जनतालाई भन्दै दरबारबाट नार्गजुन तिर लागेका पूर्व राजा ज्ञानेन्द्र शाह १७ वर्ष पछि आएर फेरी सल्बलाउन थालेका छन् । पूर्व राजाको सल्बलाईको कारण शुक्रबार काठमाडौंको तिनकुनमा ह्रिसंक रुपको सामना गर्नु पर्यो ।पूर्व राजा शाहलाई पक्राउ गरी कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा ’ह्यासट्याग गिरफ्तार ज्ञानेन्द्र’ अभियान सुरु गरिएको छ।

राजतन्त्र पुनस्र्थापनाको माग गर्दै शुक्रबार काठमाडौंमा भएको विरोध प्रदर्शनको नाममा भएको हिंसात्मक गतिविधिका लागि पूर्व राजा शाहलाई जवाफदेही बनाउन र उनलाई न्यायको दायरामा ल्याउन अहिले सामाजिक सञ्जालमा माग गरिन थालिएको छ ।

प्रर्दशनको नाममा दर्जनौं व्यावसायिक भवन, सञ्चार माध्यम र राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी गरिएको थियो।पूर्व राजा शाह हिंसात्मक विरोधको मुख्य योजनाकार भएको दाबी गर्दै सामाजिक सञ्जालमा उनको पक्राउको माग गर्दै अभियान सुरु गरिएको हो ।गएको महिना फागुन २५ मा पोखराबाट काठमाडौं आएका पूर्वराजा शाहलाई हजारौं समर्थकहरू काठमाडौंमा जम्मा भएर उनलाई विमानस्थलदेखि नागार्जुन पुर्याइएको थियो ।

राजनीतिमा कलह र बिग्रहको आफनो स्थान हुन्छ । तर भन्न खोजीएको कुरा के हो भने । अहिले जसरी पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई जनता सामु अगाडि सारी रहेका छन् र जनताको साथ र सहयोगको लागि देश दौडाहाको निति अंगालिरहेका छन् ।यसले स्वभाविक सन्देश पनि प्रवाह गरिरहेको छ । आखिर पूर्व राजा चाहन्छ के ? भन्दा सबैलाई थाहा भएको कुरा गुमेको बिरासत । तर पूर्व राजाले देश दौडाहा गर्दैमा उनको गुमेको बिरासत फर्किहाल्छ भन्नु एक प्रकारको र्मूख्याँई हो भन्दा फरक पर्दैन होला ।

अहिले बहसको अर्को बिषय चर्चामा आएको छ । जुन हो नेपाललाई हिन्दू राष्ट्र कायम गर्नु जुन बिषयलाई सहज हिसाबले सोच्ने हो त्यो हुनु राम्रो पनि हो । तर राजा बिनाको हिन्दू हुँदैन भन्दै एकथरी जो राजाका हरेक क्रियाकलापमा अगाडि रहने गरेका छन् । तीनले उठाउने कुरा हो त्यो ।

राजालाई छोडेर हिन्दू राष्ट्र अभियानलाई अगाडि सार्दा हरेक पक्षबाट साथ र सहयोग नहोला भन्न पनि सकिंदैन ।तर गद्दीको नाममा राजनीति गर्न पल्केका पूर्व राजा शाहले हिन्दू राष्ट्र भन्दा पनि आफनो गुमेको बिरासत फिर्ता गराउने प्रपञ्च रचेका कारण पनि शुक्रबारको घटना घटेको हो भन्दा अहिलेलार्ई फरक पर्दैन ।

पूर्व राजा ज्ञानेन्द्र शाह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनका उत्तराधिकारीको रुपमा अगाडि आईरहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जोडबलमा अहिले पूर्व राजा शाह चम्कि रहेका छन् । भारतको एक मात्र धेय भनेको नेपाललाई हिन्दू राष्ट्र बनाउनु हो नाकी पूर्व राजा शाहको गुमेको बिरासत फिर्ता गराउनु ।तर राजा बन्ने नाममा धार्मीक राजनीति गरेर जनतालाई लडाउनु पूर्व राजा शाहको लागि मुनासिन भने पक्कै हुँदैन । नेपाल राष्ट्रको एक पंक्ती राजा भन्दा हिन्दू राष्ट्र चाहन्छ । जसको लागि स्वयं पूर्व राजा शाह देखी उनका हिमायती दलहरु र यसका नेताहरुको आवश्यक छ जस्तो लाग्दैन ।

त्यसैले राजा भन्दा पनि देशलाई हिन्दू राष्ट्र बनाउने तर्फ अहिंसात्मक छलफल चलाउनु आवश्यक भै सकेको छ ।किनकी अहिलेका जन भनेका आदिमकालका होइनन । हरेक क्षेत्र र समयलाई बुझेर डिसिजन गर्न सक्ने कला अहिलेका जनमा छ । धार्मीक राजनीतिको नाममा आफनो गुमेको बिरासत फिर्ता ल्याउने जोडको नाममा जनलाई दुःख दिएर पूर्व राजा शाहले जसरी हिंसात्मक विरोधको मुख्य योजनाकारको रुपमा आफूलाई उभ्याई रहेको छन् । त्यो पूर्व राजा शाहको लागि सुखद पक्ष भने पक्कै होइन । यो कुरा आम जनले नबुझेका भने पक्कै होइन ।

देशमा देखीएको बिधमान अवस्था देखी अहिले नेपाली जनता आजित भएका छन् । देशमा घटेका काण्ड माथि काण्ड, आर्थिक अपचलन, भारी ऋण जस्ता कुराहरुले जनमानसको मनमा यो शासन सत्ता प्रति बितृष्णा पैदा हुँदैै गएको एक प्रकारको माहोल बजारी हल्लामा देखीन थालेको छ ।राजतन्त्र भन्नु नै राजनीतिको केन्द्रबिन्दू हो । राजनीति नभई राजतन्त्र चल्दैन भन्ने कुरा बिगतका इतिहासले पनि देखाउँछन् ।

त्यसो भन्दा पूर्व राजा ज्ञानेन्द्र आफनो राजनीतिलाई भूमीगत रुपमा बिगत देखी चलाउँदै आएको भान हुन्छ । र हो पनि । पूर्व राजा ज्ञानेन्द्र जति बेला गद्दी त्यागको घोषणा गर्दै जनताको नासो जनतालाई भन्ने सन्देश दिए । त्यहि बेला देखी उनको मनमा विभिन्न खेलिरहन्थे भन्ने कुरा बिगतका केही वर्ष देखी देखीएको उनको चालले पनि देखाउँछन् ।
जनताको नासो जनतालाई भन्दै नार्गजुन तिर लागेका पूर्व राजालाई सानो धरातलमा रहेको भन्ने कुरा ठाने यी तिन राजनेताले ।

बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ । देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ

यसरी एक आपसमा धोती लगाइदिने तिन राजनेताको चाल नै अहिले पूर्व राजा शाहले खेल्ने मौका पाए । तिन राजनेता आफै आफैको राजनीतिक खेलमा नतमस्तक हुनु पनि पूर्व राजा शाहले शिर उठाउनुको कारण बन्दै थियो भने अर्को कुरा जनतामा यि तिन राजनेता प्रति देखीएको बितृष्णा पनि राजावादीहरुलाई मौलाउने बाटो दिन थालेको छ ।

त्यसै भाषण र हावादारी कुरा गरेर जनता भुलाउने भन्दा पनि देशलाई बिकासको शुद्ध गतिमा लाने तर्फ यि तिन राजनेताले ध्यान दिने अवस्था आइसकेको छ । नत्र गुमेको बिरासतमा पूर्व राजा शाह बर्तमान भएर राज गर्न समय लाग्ने छैन किनकी अहिले पूर्व राजा शाहले धर्मको नाममा खेल्ने मौका राम्रै पाएका छन् ।

What’s your Reaction?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Comments