•  ४ श्रावण २०८३, सोमबार

भवन स्थापना हुँदा व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन सहज : श्रममन्त्री भण्डारी

- चैत्र २६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको ३२ वर्षपछि आफ्नै भवनमा सरेको छ । काठमाडौँको सिफलमा आफ्नै भवन खरिद गरेर औपचारिक रूपमा कार्यालयमा सरेको हो ।चार करोड ५३ लाखमा खरिद गरेको भवनको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले संघको भवन स्थापना हुँदा व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन र समाजको भलाइका लागि काम गर्न महत्त्वपूर्ण साबित हुने बताएका थिए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा उपलब्धिमूलक काम गर्न सकेकोमा गर्व महसुस भएको बताए । उनले सबै व्यवसायीको साझा काम भएको भन्दै भवनको विषयलाई लिएर आलोचना नगर्न समेत अनुरोध गरे ।भवन खरिदका मेनपावर व्यवसायीहरू तथा संघ संस्थाहरूले आर्थिक सहयोग गरेका थिए ।

संघको कार्यालय खरिदका लागि द रिभर ओभरसिज प्रालि एक्लैले १४ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।संघ स्थापना भएको ३२ वर्षसम्ममा भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो । काठमाडौँ सिफलस्थित ६ आना एक दाममा निर्मित ४ तल्ले भवन खरिद गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments