काण्डै काण्डको जालोले बेरिएका सभापति लामिछानेका कारण रास्वपा धरापमा
- चैत्र २७, २०८१ मा प्रकाशित

पूर्व संचारकर्मी एवं पूर्व उपप्रधान गृह मन्त्री रहेका रवि लामिछाने अहिले नेपाली राजनीतिको धरातलमा चर्चाका पात्र बनेका छन् । अहिले सहकारी काण्डमा जेलमा रहेका लामिछानेको दिमागमा अहिले राजनीतिक भूत सवार भएको छ । काण्डै काण्डको जेलोमा झेलिएका सभापति लामिछानेका कारण अहिले उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि धरापमा परेको छ ।
अहिले रास्वपामा एक प्रकारको नाटक भै रहेको छ । आफना सभापति रवि लामिछानेलाई बचाउन हरसम्भवको प्रयासमा लागेका छन् रास्वपाका नेताहरु ।स्वच्छ राजनीति गर्ने देश र जनताको लागि गर्ने भन्ने दृढ उत्साहका साथ नेपाली राजनीतिको बजारमा उदाएको रास्वपाले पनि पुराना राजनीतिक दलको पद्धतीलाई अवलम्बन गर्न थालेको भान आम नेपालीहरुले गर्न थालेका छन् ।
हुन् त राजनीतिमा भन्ने र गर्नेमा आकाश जमिनको फरक हुन्छ । त्यहि आधुनिक सिद्धान्तलाई अहिले रास्वपाले पनि अंगीकार गरिरहेको छ ।नेपाली संचार जगतको पूर्व संचारकर्मी रहेका लामिछानेले जसरी टेलिभिजन कार्यक्रम मार्फत आफूलाई पपुलारिटीको बिन्दुमा पुर्याए र आफनो सोही पपुलारिटीलाई भजाउन थाले । जुन कुरा सोझा नेपालीहरुले चाँडै बुझ्न सकेनन् । तर अब बिस्तारै बुझ्न थालेका छन् ।
नेपाली राजनीतिको नक्षत्रमा आक्समत उत्पन्न भएका रास्वपा सभापति लामिछानेको आगमनले नेपाली राजनीतिमा जुन प्रकारको तरंग उत्पन्न भएको थियो ।रविको कथनबाट तत्कालका लागि राजनीतिक क्षति भएको छ । एक महिनामै मास्क खोलेर, आफ्नो छद्मछवि भत्काएर लामिछानेले राम्रो काम गरेका छन् । स्टन्टबाज, घृणाप्रसारक तथा नायकहरूबाट मुक्ति खोज्ने यो सुन्दर अवसर पनि हो । नेता माथिबाट, गालीगलौजबाट, सोसल मिडिया, मिडियाबाट, चमत्कारबाट जन्मिँदैन भन्ने बुझाएका छन् ।

नेता भुइँबाट, शिक्षाबाट, चेतनाबाट, लोकतान्त्रिक संस्कारबाट, श्रमबाट, सपनाबाट, योजनाबाट, शिष्टशैलीबाट, सेवाबाट र इमानबाट जन्मिन्छ भन्ने अब त नेपालीले बुझ्नुपर्छ ।
अहिले त्यहि बिमुखतालाई सहन गर्न नसकी भनौ वा सत्ता र शक्तिको मोहमा फस्न पुगेर हो लामिछानेका आँखा रसिला भएका छन् । कुनै समय सञ्चारमाध्यम मार्फत दुनियाँलाई गालीको भकारी भर्ने बानी लागेका लामिछाने अहिले त्यही सञ्चार माध्यमको र यसका मालिकहरुको उछितो काढ्न थालेका छन् ।
लोकतन्त्रको बिजारोपण भएको हाम्रो जस्तो अल्पबिकसीत मुलुकमा भर्खर मात्र वाक स्वतन्त्रताको प्रतिध्वनी गुन्जिन थालेको छ । यहि वाक स्वतन्त्रताको भरपूर प्रयोग नेपाली राजनीतिको बजारमा भर्खर मात्र पाइला राखेका रविले गरे । जुन स्वतन्त्रता उनको लागि त्यति मजबुत होला जस्तो लाग्दैन् ।
नेपाली राजनीतिका एक लहरले जसरी लामिछानेलाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ । भनौ अब त्यो हराई नै सकेको छ ।नेपाली बन्ने अधिकार बाट बञ्चित भएका लामिछानेले जसै दोस्रो पटक नेपाली बन्ने अवसर पाए । त्यो सँगै लामिछानेमा सत्ता र शक्ति बिना बाच्न नसक्ने जस्तै पानी बिनाको माछो बनाएको छ । जुन कुरा अहिले नेपालबाट प्रकाशीत हुने समाचार पत्र देखी अनलाइन सञ्चारको लागि खुराक पनि बनेको थियो ।
आफू बिरुद्ध लागेका सञ्चार माध्यम बेतुकको गाली गलौचमा उत्रिएका रवि जस्तो राज्यको जिम्मेवार पदमा बसिसकेको पात्रले व्यक्ति÷व्यक्तिविरुद्ध विषवमन गर्नु र त्यसैको जयजयकार हुनुले नेपाली समाजको अधोगतिको संकेत गर्छ । पत्रकारलाई, मिडिया मालिकलाई प्रश्नै गर्नुहुन्न कसैले भनेको छैन र भन्न पनि मिल्दैन ।
तर, बजार हल्लालाई प्रमाण जसरी सयौँ मिडियासामु प्रस्तुत गर्नु आपत्तिजनक छ । आरोप लागेका संस्था र पात्रले ती विषयमा मुख नखोल्नु पनि आपत्तिजनक छ । पत्रकारितालाई सफासुग्घर राख्न चाहनेले आफूबारे छानबिनको माग गर्न वा मानहानीको मुद्दा चलाउने हिम्मत गर्न सक्नुपर्छ ।
रास्वपाका नेतालाई विभिन्न शक्तिस्थल पठाएर आफूलाई चोख्याउन खोज्नु भनेको राजनीतिमा लागेर लुटतन्त्रको प्रयास गर्नु बराबर हुनेछ । लामिछानेले आफूबाट लागेको आरोपबाट यो पनि बुझ्नु पर्छ नेपालको कानून भन्दा माथि केही छैन् । त्यसैले लामिछाने अब शक्ति केन्द्र धाउन आफू पनि छोड्नु होस् र आफना कार्यकर्ताहरुलाई पठाउन छोड्नुहोस् ।
यदि यसरी राजनीतिको खोल ओढेर सत्ता र शक्तिका पदचाप पच्छ्याउन थाल्नु भयो भने जनताले त्यसको हिसाब राम्ररी गर्नेछन् ।कुनै क्रिया भइसकेपछि त्यो यदि अपराध रहेछ भने त्यसलाई निस्तेज पार्न पछि गरिएको गतिविधिले पुरानो अपराधलाई निष्क्रिय बनाउन सक्दैन । आपराधिक मनशाय र कार्य भन्ने शब्दावली कानुनमा प्रचलित छ । बदर वा खारेज भएको नागरिकता प्रमाणपत्र पेश गर्नु र त्यस आधारमा नेपाली पासपोर्ट लिनु आपराधिक कार्य हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments