सुधीर नेपाल,
काठमाडौं ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था मध्ये एक पर्न आउँछ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसन । बेरोेजगार युवाहरुलाई विदेशमा रोजगारीको शुभम अवसर प्रदान गर्ने संस्थाहरु अहिले निर्वाचनको संघारमा छन् । जसै जसै निर्वाचन नजिंकदै छ । निर्वाचनिय जोश पनि बढ्दै छ व्यवसायीहरुमा ।
अहिले निर्वाचनमा होमिन लागेको तिन दलका दुई प्यानल बनेका छन् । कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र गरि दुई प्यानलमा बाँडिएर निर्वाचनमा होमिन लागेका व्यवसायीहरुलाई निर्वाचनको चटारोले निकै छोएको छ ।बिशेषल दुई प्यानलमा अध्यक्ष पदको लागि लोकतान्त्रिक एशोसिएसन र माओवादी केन्द्र निकट गणतान्त्रिक मञ्चको एक प्यानल रहेको छ । भने अर्को तर्फ एमाले निकट प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपाल र लोकतान्त्रिक एशोसिएसन रहेका छन् ।
एकातर्फको नेतृत्व भुवनसिंह गुरुङले गरेका छन् भने अर्को तर्फको नेतृत्व नरेश गेलालले गरेका छन् । सम्रगमा हेर्दा दुबै पक्ष अध्यक्ष पदका प्रवल दावेदार हुन् । दुबैका नाराहरु व्यसायीक केन्द्रित रहने गरेका छन् । तर व्यवसायीहरुको भित्री चाहना र उनीहरुको हक हितको आधार भने अहिले सम्म कसैले निकाल्न सकेका छैन् ।
व्यवसायीक हक हितको लागि भन्दा कांग्रेस, एमाले र माओवादी केन्द्रको केन्द्रिय राजनीतिमा आफनो बाहुल्यता देखाउनेमा नै तिनै पक्ष लागेका छन् । पहिलो नम्वरमा रहेको दावी गरिए पनि लोकतान्त्रिक एशोसिएसनको लागि अध्यक्ष पद त्यति सहज देखीदैन भने महासचिवमा दुबै एउटै दलका उम्मेदवार भएका कारण जसले पद हासिल गर्दा फरक नपर्ने स्थिती अहिले छ ।
अहिले व्यवसायीहरुको निर्वाचनको रोचक पक्ष भनेका नै गुरुङ र गेलाल हुन् । अनि अर्को कुरा राजनीतिमा अंक गणितको हिसाब गरिए जस्तै निर्वाचनमा पनि अंक गणितले ठूलो महत्व राख्छ । अंक गणितिय हिसाबलाई सिधा आधार मान्ने हो अध्यक्ष पदमा लोकतान्त्रिका उम्मेदवार गुरुङका स्थिती त्यति सहज देखीदैन । निर्वाचन हो त्यसमा भोटर चोर्ने देखी अनेक तिकडम बाजी हुन्छ नै ।
उता प्रगतिशील पक्षबाट अध्यक्ष पदका प्रत्याशी गेलाल अंक गणितीय हिसाबले अगाडि देखिए पनि व्यवसायीक सम्वन्ध र भोटर चोर्ने मामिलामा अब कसले खेलो गर्छ । आज २९ गते(शुक्रबार)को निर्वाचन पछि स्पष्ट हुन्छ नै । अर्को कुरा निर्वाचन भनेको साम,दाम, दण्ड र भेदको ठूलो रुप हो । यहि रुपलाई अंगिकार गर्नेले निर्वाचनको नतिजा आफनो पक्ष पार्ने छ भन्ने कुरामा दुईमत छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि दुवै प्यानलले अन्तिम चुनावी सभामार्फत आ–आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुने छ । त्यसमा २ प्यानल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार सार्वजनिक भएका छन् ।
चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका थिए । तर, पाका पुस्ताका एक अनुभवी व्यवसायी आफूसहित करिब १५ देखि २० प्रतिशत मतदाता अझैसम्म पनि कता मतदान गर्ने भनेर अन्योल र अनिर्णित अवस्थामा रहेका टिप्पणी गरे । उनले अनिर्णित अवस्थामा रहेका मतदाताले अन्तिम परिणामलाई प्रभावित गर्न सक्ने जिकिर गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments