•  २० भाद्र २०८३, शनिबार

एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली

- चैत्र २९, २०८१ मा प्रकाशित


सुधीर नेपाल

अचेल जेनिता राईलाई दिक्दार लाग्न थालेको छ । एकातिर परिवर्तीत मौसम त एकातिर देशमा आन्दोलनको मौसम । अहिले उपत्यकामा आन्दोेलनको मौसम सुरु भएको छ ।
धेरैको चासो शिक्षकहरूको आन्दोलनमा छ । विद्यालय शिक्षा ऐनको माग राखेर एक सातादेखि शिक्षकहरू प्रदर्शनमा छन् । नेपाल शिक्षक महासंघको ब्यानरमा शिक्षकहरूले दिनहुँ रचनात्मक र दबावमुलक गतिविधि गर्दै आएका छन् ।

पट्टी बाध्ने, टर्च बाल्ने, हात उठाउने, कविता बाचन जस्ता अनेक गतिविधि गरिरहेका शिक्षकहरू माग पूरा नभएसम्म सडक नछोड्ने अडानमा छन् ।उता तीनकुने घटनामाथि निष्पक्ष न्यायिक छानबिनको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चरणबद्ध सडक प्रदर्शन गरिरहेको छ ।राजतन्त्र पुनस्र्थापना गर्ने उद्देश्यले गत १५ चैतमा आयोजित तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित पक्राउ परेका थिए । आजै शुक्रबार राजावादी प्रर्दशनका मुख्य कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

कांग्रेसले सडक प्रदर्शन आवश्यकता नठानेपनि सरकारकै नेतृत्व गरिरहेको एमालेले वडादेखि प्रदेशसम्मको सडक प्रदर्शन गरिरहेको छ । पूर्वनिर्धारित तीन महिने अभियानलाई गत ४ चैतको सचिवालय बैठकले जनप्रदर्शनमा बदल्ने निर्णय गरेको हो । जसअनुसार ११ चैतमा वडा केन्द्रित र १८ चैतमा जिल्ला केन्द्रित प्रदर्शन गरेको एमाले अहिले ठूला शहरहरूमा जनप्रदर्शन गरिरहेको छ ।

राजनीतिक दलहरू सँगसँगै अरू सामाजिक संस्थाहरू पनि सडक आनदोलनमै छन् । धेरै वटा समूह आन्दोलनमा भएकाले प्रशासनलाई प्रदर्शन क्षेत्र निर्धारण र सुरक्षा व्यवस्थामै सकस परिरहेको देखिन्छ ।प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेर रेलको टिकट काटेर रेल चढेको कहानी सुनाउँनमा व्यस्त छन् । दैनिक जसो भाषण र सभाहरुमा देखा परेर अरुलाई होच्याउने देखी धमक्याउने काम अहिले प्रधानमन्त्री ओलीको दैनिकी भएको छ ।

उपत्यकामा आन्दोेलनको मौसम

चलचित्रमा देखीने जोकरको रोलमा अहिले प्रधानमन्त्री ओली देखा परेका छन् । सास्ती समाजको रुपमा बिकसीत हुन थालेको नेपाली समाजमा अहिले धेरै गाली खानेहरुमा प्रधानमन्त्री ओेली नै पर्ने गरेका छन् ।समाजका विभिन्न क्षेत्रहरु बाट विभिन्न माग राखेर भइरहेका आन्दोलनका रुपलाई परिवर्तन गरेर शान्ति समाजको निर्माणको जिम्मा लिएर बसेका प्र्रधानमन्त्री ओलीलाई यस्ता आन्दोलन प्रति कुनै चासो छैन ।

ध्वंसात्मक शैलीको बिकासमा लागेका प्रधानमन्त्री ओलीमा आफनो नेतृत्व भन्दा बाहेक अरु केही नचाहिने लक्षण अहिले देखीन थालेको छ । देशलाई नाटक गर्ने थलोको रुपमा बिकास गरेर सोही नाटकको एउटा पात्र जोकर साबित हुन् थालेका प्रधानमन्त्री ओली उनको समूह कुनै समस्याको समाधान तर्फ केन्द्रित हुन् नसकेको भान अहिले चलिरहेको शिक्षक आन्दोलनले पनि देखाउँछ ।

अहिले देशको अवस्था हेर्दा जेनिता जस्ता धेरै नवयुवक युवतीहरु असहज महसुस गर्दै छन् । भने उता प्रधानमन्त्रीलाई आफूलाई जोकर सावित गर्नमा फुर्सद छैन । अब देशका नेतृत्वलाई लाटो गाँडो तन्नेरी भन्दा पनि फरक पर्ने छैन ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Comments