•  ४ श्रावण २०८३, सोमबार

शुभेच्छुक संस्थालाई कांग्रेस केन्द्रिय सदस्यलाई कार्वाही गर्ने अधिकार कसले दियो ?

- बैशाख ३, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन अहिले विवादको भूमरीमा परेको छ ।भर्खरै मात्र सम्पन्न व्यवसायीहरुको निर्वाचन लगत्तै विवाद सतहमा आएको छ । एशोसिएसनले भर्खरै सम्पन्न निर्वाचनमा बागी उम्मेदवार खडा गरेको र आधिकारीक उम्मेदवारलाई सहयोग नगरेको निहुँमा आफना सदस्यहरुलाई कार्वाहीको थालनी गरेको हो ।

सधैं विवादको भूमरीमा जकेडिंदै आएको एशोसिएसनमा बिगतममा पनि यस्ता चर्तिकलाहरु देखीदैं आएका थिए ।तर अहिलेको कार्वाहीको रमाइलो पक्ष भनेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रहेकी एशोसिएसनको संस्थापक तथा पूर्वउपाध्यक्ष सीता देवकोटालाई लिएर भन्ने अहिले व्यवसायीहरुको बजारमा चर्चा चल्न थालेको छ । कांग्रेसको केन्द्रिय सदस्य रहेकी देवकोटालाई केका आधारमा कार्वाहीको दायरामा ल्याइयो भनेर अर्को प्रश्न पनि उब्जिएको छ ।

एसोसिएसनले पूर्वअध्यक्ष विमल ढकाल, प्रज्ञान न्यौपाने, कुमुद खनाल र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रहेकी संस्थापक तथा पूर्वउपाध्यक्ष सीता देवकोटालाई निष्कासन गरेको हो ।एशोसिएसनका अध्यक्ष दिपक थापा द्धारा जारी गरिएको पत्रमा कांग्रेस महिला नेतृ देवकोटालाई कार्वाही गरिएको जनाइएको छ ।अब प्रश्न उठ्छ कांग्रेस केन्द्रिय सदस्य रहेकी महिला नेतृ देवकोटालाई शुभेच्छुक संस्थाले कार्वाही गर्ने अधिकार छ कि छैन भन्ने हो ।उता कांग्रेस नेता प्रकाश रसाइली नेतृत्वको बिभागले केन्द्रिय सदस्यलाई कार्वाही दायरामा ल्याउने एशोसिएसनलाई उपर के कार्वाही गर्छ । त्यसको जवाफ आउन बाँकी छ ।

तर यसको सहज र सरल जवाफ एशोसिएसन सँग छैन । कांग्रेसले आफनो केन्द्रिय सदस्यलाई शुभेच्छुक संस्थाले कार्वाही गर्दा अब कस्तो एक्सन लिन्छ भन्ने प्रश्न पनि अर्को पनि छ ।
आन्तरिक बैरभावलाई बाहिर ल्याएर संस्थाको इज्जत माथि धावा बोल्ने काम अहिले एशोसिएसनका पदाधिकारीहरुले गर्न थालेको एशोसिएसन निकट सदस्यहरु बताउन थालेका छन् ।

एसोसिएसनको चैत २६ गतेको बैठकअनुसार विधानको दफा ९ को उपदफा १ र २ तथा १४ बमोजिम संस्थाले गरेको निर्णय विपरीत हुने गरी कार्य गरेकाले संस्थाबाट सदस्यतासमेत नरहने गरी निष्कासनको कारबाही किन नगर्ने भनि २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोधिएको थियो ।

त्यसको जबाफ नदिएकाले मंगलबार बसेको कार्यसमितिको बैठकले विधानको दफा ८, ९ र १४ बमोजिम संस्थाबाट साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको कारबाही पत्रमा उल्लेख छ ।

एसोसिएसनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेसका विभिन्न जिल्ला कार्यसमितिलाई कारबाही पत्रको बोधार्थ पठाएको छ । कारबाहीमा परेकाहरूको यस विषयमा सार्वजनिक रूपमा कस्तो प्रतिक्रिया आउने हो त्यो भने हेर्ने बाँकी छ ।

एसोसिएसनको चैत २६ गतेको बैठकअनुसार विधानको दफा ९ को उपदफा १ र २ तथा १४ बमोजिम संस्थाले गरेको निर्णय विपरीत हुने गरी कार्य गरेकाले संस्थाबाट सदस्यतासमेत नरहने गरी निष्कासनको कारबाही किन नगर्ने भनि २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोधिएको थियो ।

त्यसको जबाफ नदिएकाले मंगलबार बसेको कार्यसमितिको बैठकले विधानको दफा ८, ९ र १४ बमोजिम संस्थाबाट साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको कारबाही पत्रमा उल्लेख छ । एसोसिएसनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेसका विभिन्न जिल्ला कार्यसमितिलाई कारबाही पत्रको बोधार्थ पठाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments