कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।
‘पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,’ ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छु।’
श्रेष्ठले केही समयअघि नै पार्टीभित्र राजीनामाको घोषणा गरिसकेको भए पनि बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको उनीनिकट एक नेताले बताए।यसअघि केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति नै पुनर्संरचना गर्ने बताएका थिए।
तर श्रेष्ठले त्यसअघि नै आफू पार्टीकोभन्दा पनि संसदीय भूमिकामै बढी केन्द्रित हुन चाहेको बताएकी थिइन्।२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments