•  ३ जेष्ठ २०८२, शनिबार

एन्फाका पूर्व अध्यक्ष थापाको प्रतिबन्ध १० वर्षे प्रतिबन्ध फुकुवा

- बैशाख ४, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकुवा भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु । फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले विज्ञप्तीमा लेखेका छन् ।

उनलाई कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो । थापाले २०१५ अप्रिलमा प्रतिवन्ध सुरु भएको बताएपनि फिफाले सन् २०१५ नोभेम्बर (२०७२ कात्तिक)मा १० वर्षको प्रतिवन्ध लगाएको थियो ।

विज्ञप्ती

थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिले ठहर गर्दै उनलाई १० वर्षे प्रतिवन्ध लगाउनुका साथै थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी देखि पूर्वकप्तान समेत रहेका थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर