प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा : सुधार र थप समन्वयको आवश्यकता हुन्छ, गराउँछौं – सभापति देउवा
- बैशाख ४, २०८२ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस सम्मिलित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कारकारबाहीको गतिलाई लिएर पार्टीभित्र आवाज उठिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल राखेका छन् । कांग्रेसले सत्तारूढ गठबन्धन दलहरूभित्र अझै समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार करिब तीन घन्टासम्म चलेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गठबन्धन दलहरूभित्र अझै समन्वयको आवश्यकता औंल्याएको हो। पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरू पनि सरिक थिए। नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाही सुस्त भएकोमा टिप्पणी गरेका थिए।
बूढानीलकण्ठमा भएको छलफलपछि प्रवक्ता प्रकाशशरण महतले गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलनको खाँचो रहेको कुरा छलफलमा उठेको बताए।पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समग्र राजनीतिक परिस्थितिबारे विश्लेषण भयो। शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकलगायतमा पनि कुराकानी ग¥यौं,’ उनले भने, ‘भ्रातृ संस्थालाई अधिवेशन हुन सक्ने आधार छ कि छैन भनेर प्रतिवेदन पनि मागेका छौं।
प्रतिवेदनका आधारमा केन्द्रीय समितिका लागि प्रस्ताव तयार हुन्छ।’सरकारका काम कारबाही बारे पनि छलफल भएको उनले बताए।सरकारका प्रस्तुती अझै राम्रो हुनुपर्छ, गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलन हुनुप¥यो भन्ने कुराहरू आएको छ,’ उनले भने, ‘गठबन्धन दलसँग नियुक्ति लगायतमा तालमेल मिल्नुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो।’
छलफलमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राखेका थिए। ‘सुधार र थप समन्वयको आवश्यकता हुन्छ, गराउँछौं’ भन्ने कुरा सभापति देउवाको थियो।सरकारका कामकारबाहीबारे बाहिर धारणा राख्नुअघि संयन्त्रमा राख्ने र त्यसबाट हल नभए मात्र बाहिर कुरा राख्ने विषयमा पनि सभापति देउवालेपदाधिकारीहरूको ध्यानाकर्षण गराएका थिए।बैठकमा प्रवक्ता महतले पनि गठबन्धन र सरकारबारे केही कुरा भए संयन्त्रमा कुरा राख्न सकिने विषय राखेका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments