•  ४ जेष्ठ २०८२, आईतवार

सरकारबाट पटक–पटक उधारो आश्वासन – शिक्षा ऐन जारी नभएसम्म सडकमै : शिक्षक महासंघ

- बैशाख ४, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले काठमाडौंकेन्द्रित गर्दै आएको आन्दोलन थप चर्किँदै गएको छ । देशभरका शिक्षकहरू जम्मा भएर बिहीबार आन्दोलनलाई थप चर्काउँदै लगेका हुन् ।उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर–बबरमहल–बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् ।

शिक्षकहरू

महासंघले सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।

विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तरपुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर