•  २७ बैशाख २०८३, आईतवार

एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल, बरु अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने : महामन्त्री शर्मा

- बैशाख ४, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

‘कांग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने,’ महामन्त्री बिश्व प्रकाश शर्माले भने, ‘भोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ ।’

कांग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन् । महामन्त्री शर्माले एमालेको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा एमालेकै र कांग्रेसको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा कांग्रेसकै टिम हुनेगरी सोच्न पनि आग्रह गरेका छन् ।

‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔं । कांग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीले भन्नुप¥यो,’ नेपालको समाचार एजेन्सीसँगकोकुराकानीमा महामन्त्री शर्माले भने, ‘एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने ।’

सरकारको सफलताका लागि नराम्रा कामहरूबारे ध्यान दिनुपर्ने बताउँदै उनले चुकेको ठाउँमा आफूहरूले झकझक्याउने बताएका छन् । सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर उनको थियो ।

‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति बढ्नुपर्छ । कुनैपनि यो वा त्यो, इन्तु–परन्तु, इफ–बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन,’महामन्त्री शर्माले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments