•  ४ जेष्ठ २०८२, आईतवार

नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने :अध्यक्ष लिङ्देन

- बैशाख ४, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ।बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए।उनका अनुसार बैठकले पार्टी संगठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ। उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णयसमेत भएको जानकारी दिए।

उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको उनले बताए। उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरुको रिहाइका लागि राजनीतिक एवं कानूनी लडाईं सशक्त रुपमा अगाडि लैजाने निर्णय भएको पनि बताए।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर