•  ३ जेष्ठ २०८२, शनिबार

उपत्यकामा वर्षा : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला

- बैशाख ५, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बिहिबारबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ । मौसमविद्हरुका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर