कहाँ जाँदै छ राज्य ? : प्रमुख क्षेत्र अर्थ, चिकित्सा , शिक्षा देखी हरेक क्षेत्र तनावग्रस्त
- बैशाख १५, २०८२ मा प्रकाशित

राज्य अहिले तहसनहस अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार जनताको चासोको बिषय भन्दा अन्य तिर ध्यानकेन्द्रित गरिरहेको छ ।राज्यमा अहिले प्रमुख बिषय भनेको शिक्षक आन्दोलन भएको छ । आफनो माग पुरा नभएसम्म आन्दोलनलाई नत्याग्ने घोषणा सहित सडकमा उर्तिएका गुरु गुरुआमाहरुको मागलाई सम्बोधन गर्ने भन्दा पनि आन्दोलनलाई कसरी तितरबितर पार्ने दाउमा सरकार पक्षीय लागेको देखीन थालेको छ ।
गुरु गुरुआमाहरुको मागलाई सरकारले त्यहि गहिरो रुपमा नलिनुको प्रमुख कारण भनेको शैक्षिक क्षेत्रमा लादिएको राजनीति पनि हो । शिक्षा सँग सम्वन्धित एक शिक्षा विज्ञ भन्छन् , प्राय शिक्षकहरु कुनै न कुनै राजनीतिक दल सँग सरोकार राख्ने हुँदा सरकारले उनीहरुको मागलाई त्यति गम्भिरताका साथ नलिएको हो ।
हो उनको भनाईलाई मान्ने हो अहिले गठबन्धन सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री ओली देखी सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरु स्वयं पनि शिक्षक आन्दोलनमा लागेका गुरु गुरुआमाहरुलाई शिक्षक होइन कि आफनो दलका कार्यकर्ताहरुको रुपमा चित्रित गर्ने हुँदा पनि यो अवस्था उब्जिएको हो ।जसको ज्वलन्त उदाहरण आइतबार गुरु गुरुआमाहरु माथि प्रहरीले गरेको ज्यादतीले पनि देखाउँछ ।
प्रहरीको ज्यादतीको विरोध स्वरुप शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अन्तिम लडाइँका लागि अनिवार्य काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा नआएकाहरुलाई कर्तव्यबोध गर्दै काठमाडौं आउन अपिल गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनुभएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगिसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नुभएको छ ?

के आन्दोलनकारी साथीको पीडाले तपाईँलाई घोच्दैन? आफ्नो कर्तव्यबोध हुँदैन ?’ सुवेदीले सामजिक सञ्जालमार्फत् आह्वान गरेका छन्, ‘यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला।’आइतबारको झडपमा पाँच प्रहरी र एक पत्रकारसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ।
उता चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेको छ ।सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेको थियो । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् । शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन् ।

सत्ता साझेदारीमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसले अहिले देशमा भित्रिइरहेको बिधमान अवस्थाको समाधान गर्ने भन्दा पनि भागबण्डा नितिलाई प्राथमिकता दिइरहेका छन् ।जसको कारण राष्ट्रको आर्थिक कारोबारको मुटु मानिएको नेपाल राष्ट्र बैंकमा गर्भनर पद खाली भएको धेरै समय भै सकेको छ । तर अहिले सम्म नयाँ गर्भनर नियुक्ती गर्न प्रधानमन्त्री ओली नेतृत्व सरकार सफल भएको छैन ।

गर्भनर र नेपाल प्रहरीको प्रमुख पदमा भागबण्डा गरेकामा प्रहरी प्रमुख नियुक्त भएका छन् भने गर्भनरमा कुरा मिले पनि कसलाई गर्ने भन्नेमा कांग्रेस अहिले सम्म निचोडमा पुग्न सकेको छैन । पाका नेताहरुलाई सत्ताको आवेग र आफन्तहरुको प्रभावले जहिले पनि सताइरह्यो ।बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ ।
देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् ।
राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ ।राजनीतिक धर्मले गति छोडेको मुलुकको रुपमा बिकसीत हुँदै गइरहेको नेपालमा अहिले ओली, देउवा र दाहालको परिछायाँमा चलिरहेको छ ।
तिन महापुरुष नेपालका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसले नेपालीको बागडोरलाई हातमा मौकापरस्त रुपले खेलाईरहेका हुन्छन् ।
नेपाली उखान कहिले सासुको पालो त कहिले बुहारीको पालो भने तिनै जना नाचिरहेका हुन्छन् । जनता भुलाउने काममा यि तिनै जनालाई कसैले पनि भेट्न सक्दैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments