•  १ भाद्र २०८३, सोमबार

प्रधानमन्त्री ओली : न सत्ता नेतृत्वमा सफल न पार्टी नेतृत्वमा : बोल्यो कि पोल्यो को बाटोमा ओली नेतृत्व

- बैशाख १७, २०८२ मा प्रकाशित


सुधीर नेपाल

कार्यकारी प्रमुखको गहन भूमीकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी बिरोधका पात्र

 

देशका प्रधानमन्त्री जस्तो कार्यकारी प्रमुखको गहन भूमीकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी बिरोधका पात्र भएका छन् । बुधबारप्रतिनिधिसभामा प्रतिपक्षी दलहरुले उनको राजीनामाको कुरा उठाए । भने अहिले आफनै दल नेकपा एमालेमा एउटा तानाशाह प्रबृतिको अध्यक्षको परिचित हुन् थालेका छन् । सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीले जसरी तानाशाह प्रबृति लादेका छन् । त्यसरी पार्टीमा पनि उनको शैली त्यस्तै छ ।

बिरोधीलाई पाखा लगाउने क्रममा उनले न सत्तालाई छोडे न त दललाई । नेपाल बिधुत प्राधिकरणमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पाखा लगाउन प्रधानमन्त्री ओलीले धेरै खेलो खेले भने कुलमानको सर्पोट गरेका राज्यमन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम) लाई बर्खास्त नै गरे । सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट राज्यमन्त्री रहेका कान्छारामलाई बर्खास्त गर्दा कांग्रेसले एक शब्द पनि बोलेन ।

यसरी शिक्षक आन्दोलनको पक्षमा बोलेको भन्दै पूर्व शिक्षामन्त्री बिधा भटट्राईलाई राजीनामा दिन बाध्य पारे । पूर्व मन्त्री भटट्राई शिक्षक बिधेयकलाई पास गर्नुपर्ने कुरा उठाएकी थिइन ।अहिले एमालेमा अघोषित तानाशाह बनिरहेका प्रधानमन्त्री ओली आफनो बिरोधको स्वर सुन्न नचाहने हैकमबादी सोचलाई अहिले पुनराबृति गरिहेका प्रधानमन्त्री ओलीले अहिले आफनो नेतृत्वको सत्ता र दलमा भरपुर फाइदा लिइरहेका छन् ।

देशका हरेक स्थान होटल, पसल देखी सार्वजनिक स्थलहरुमा प्रधानमन्त्री ओलीको क्रियाकलापलाई निकै चियो चर्चो हुने गरेको छ ।युवाहरु वर्गहरुमा आफू चर्चित रहेको डिक हान्ने प्रधानमन्त्री ओलीको कार्य व्यवहारले गर्दा अहिले देशका बिशेष गरेर युवायुवतीहरुको जमात उनी बिरुद्ध दह्रै रुपले उत्रने अवस्था रहेको छ ।

प्रधानमन्त्री ओली

तर यस्ता हुँकारलाई पाखा लगाउने कला भएका प्रधानमन्त्री ओलीले जसरी अहिले बिरोध माथि बिरोधका गतिबिधिहरु खेपीरहेका छन् । जसले गर्दा उनको छविलाई बाहिर ल्याइरहेको छ ।

शान्त र शालिन जातका नेपालीहरुलाई अहिले बिहान बेलुकाको छाक टार्न पनि मुस्किलको अवस्था छ । आफनो कर्म गरेर खाने बानी परेका नेपालीहरुलाई अहिले देशमा देखीएका बेथितिहरुले निकै गाँजेको छ ।काण्ड काण्डै देखी भष्ट्राचारको मूल थलोको उपमा पाएको नेपालमा अहिले राजावादीहरु भित्री तवरले आफूलाई उठान गरिरहेका छन् ।

बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् ।

देशमा विभिन्न बिकासमा नाममा आउने अनुदानहरुलाई विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् ।बिशेषत अहिले बजारमा सविधान निर्माणको क्रममा आएका अनुदानलाई लिएर हल्लीखल्ली मच्चिन थालेको छ । अरबौ रुपैंया अनुदान आउँदा पनि नेपाल र नेपाली शैली जहिले पनि भिखमगुवा छ । अमेरिकी सहयोग नियोग यूसआइडीले नेपाललाई दिएको सहयोग रकम कता गयो भन्ने कुरा अहिले ठूलो चासोको बिषय भएको छ ।

बिशेषत कृषि क्षेत्रमा लगानीको हिसाबले आएको अनुदानलाई लिएर ठूलै हल्ला चलेको छ ।अनुदान रकमलाई आफनो खल्तीमा राख्ने परिपाटीको बिकास भएको नेपालमा यस्ता अनुदानहरुको हिसाबकिताब राख्ने संस्थाहरुले रकमकोे अपचलन गरेको पाइन्छ । यसरी अपचलन गरेको रकमको बारेमा बुझ्ने फुर्सद न सरकारलाई छ न सम्वन्धित निकायलाई ।

उता राजनीतिक तानाबुनाको अगाडी प्रधानमन्त्री ओलीलाई कसैले पनि भेट्न नसक्ने प्रशस्त उदाहरणहरु बाहिर आउने गरेका छन् । उखान टुक्का र बोली आफना स्थानमा छन् ।अब प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान दिनुपनि जरुरी देखीएको छ ।

माथि भनिएका अनुदानका बारेमा छानविन हुनु जरुरी भै सकेको छ । सधै मगन्ते शैलीमा देशलाई हाँक्ने प्रथालाई निर्मूल गर्ने तर्फ लाग्नु पनि जरुरी भै सकेको छ । युवायुवतीहरुमा प्रधानमन्त्री ओली प्रति देखीएको बितृष्णाले कदापि राम्रो संकेत भने होइन । यसलाई झिनो मसिनो रुपमा लिएमा प्रधानमन्त्री ओलीको लागि अभिषापका बाटोहरु खोलीने छन् भन्ने कुरमा दुईमत छैन ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments