•  २४ जेष्ठ २०८३, आईतवार

अरबमा ९ महिनामा २२६ नेपाली कामदारको मृत्यु

- बैशाख १७, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चालू आर्थिक वर्षको ९ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा २२६ नेपाली कामदारको ज्यान गएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ । मृत्युदर प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी देखिन्छ ।

गत वर्ष यूएईमा २३१ जना नेपाली कामदारले ज्यान गुमाएका थिए । यस वर्ष उक्त संख्या नाघ्ने आंकलन गरिएको छ ।यूएईमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायतका कारण नेपालीले ज्यान गुमाउने गरेको नेपाली दूतावासले बताएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजारभन्दा धेरै नेपाली कामदारको मृत्यु भएको छ ।

बढ्दो मृत्युुदर रोक्न मेडिकल रिपोर्टलाई पूर्णरूपमा डिजिटलाइज गरी नेपालमा हुने स्वास्थ्य परीक्षणलाई प्रमाणीकरण गरी प्रि डिपाचर र प्रि डिसिजन ओरियन्टेशन तालिम सञ्चालन गर्ने नीति पनि कार्यान्वयन गर्ने तयारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments