•  ३ चैत्र २०८२, मंगलवार

व्यवसायीले फेरे शान्तिको सास : अनिवार्य रूपमा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिनुपर्ने प्रावधान खारेज

- बैशाख १७, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

करिब ७९ वटा कानुनका विभिन्न दफाहरू संशोधन गरेको यस विधेयकमा वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि अनिवार्य रूपमा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिनुपर्ने प्रावधान खारेज गरिएको छ।

प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने नेपाल सरकारले पेश गरेको विधेयक नेपाल सरकारले फिर्ता नलिएसम्म अन्य पक्षले त्यसलाई कसैले तलमाथि गर्न नसक्ने भएको भन्दै विधेयक मन्त्रालयले ड्राफ्ट गरेअनुसार नै पारित भएको बताए ।

मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर