धतुल्याउने शैलीको विकासमा महामन्त्री थापा भन्दा प्रधानमन्त्री ओली अगाडि
- बैशाख १९, २०८२ मा प्रकाशित

अलि अलि राजनीतिमा चासो राख्ने जेनिता राईलाई मनपर्ने नेता मध्य पर्ने रहेछन् नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा । जेनितालाई महामन्त्री थापाको वाककला मनपर्ने रहेछ ।वाककलाको माध्यम जन माझ आफूलाई स्पष्ट पार्न सक्ने कला भएका महामन्त्री थापा बेलाबखत आफना पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई राम्रो अंक ल्याउने गरी काम गर्न निर्देशन दिने गर्छन । आफैं सत्तामा भएर यो भएन, त्यो भएन भन्नु भन्दा काम गरेर राम्रो अंक ल्याउने गरि काम गर्न लगाउने कला पनि उनी सँग छ ।संघीय सरकारमा बसेर कांग्रेसले बनाउने रिपोर्ट कार्डमा राम्रो अंक ल्याउने गरी काम गरिरहेको अवस्था छ ।
यहि अवस्थालाई कायम राख्ने भन्दै गर्दा महामन्त्री थापा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली देखी असन्तुष्ट देखीएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जन भावना अनुरुप काम नगरेको ठमम्याई उनको छ ।हरेक कार्यक्रम उनको भनाई हुन्छ जन विश्वास जित्ने गरि काम गर्नुपर्ने हो । तर गणतन्त्रको दुई दशक पार गर्दा पनि केही काम नभएको आभाष अहिले जनताले गर्न थालेको बुझाइ उनको छ ।
उच्चस्तरिय राजनीतिक संयन्त्रको सदस्य रहेका महामन्त्री थापाले संयन्त्रको बैठकमा भाग लिनै छोडिदिए । अहिले नागरिकमा देखीएको बेचैनि र असन्तुष्टि मूल बाहक भनेका प्रधानमन्त्री ओली नै हुन् त्यसैले महामन्त्री यस्ता बैठकमा जान छोडे ।चलचित्रमा देखीने जोकरको रोलमा रहेका प्रधानमन्त्री ओलीे सास्ती समाजको रुपमा बिकसीत हुन थालेको नेपाली समाजमा अहिले धेरै गाली खानेहरुमा प्रधानमन्त्रीमा गनिन थालेका छन् ।

ध्वंसात्मक शैलीको बिकासमा लागेका प्रधानमन्त्री ओलीमा आफनो नेतृत्व भन्दा बाहेक अरु केही नचाहिने लक्षण अहिले देखीन थालेको छ । देशलाई नाटक गर्ने थलोको रुपमा बिकास गरेर सोही नाटकको एउटा पात्र जोकर साबित हुन् थालेका प्रधानमन्त्री ओली उनको समूह कुनै समस्याको समाधान तर्फ केन्द्रित हुन् सकेको छैन ।
त्यसैले प्रधानमन्त्री ओली प्रति उनको सत्ता साझेदार दलका महामन्त्री थापाले कटाक्ष गर्नु स्वभाविक पनि हो । सोचे जस्तो काम नगर्ने, गफ र डिक हान्ने कार्य अगाडि रहने प्रधानमन्त्री ओलीलाई सटिक सोच र बिचार भएका युवा जो देशको बागडोरलाई बोक्न सक्ने ल्याकत राख्छन् । उनी जस्ता जोश भएका महामन्त्रीलाई प्रधानमन्त्री ओलीको सोचले कसरी तान्न सक्छ त ?
सत्ता साझेदारी दलको महामन्त्री अनि उच्च स्तरिय संयन्त्रको सदस्यले यसरी बिरोध गर्दा बिरोधको शैली बुझ्नु पर्ने हो । तर प्रधानमन्त्री ओली आफू भन्दा कान्छा छोरा बराबरको महामन्त्री थापालाई लक्षित गर्दै कोही यसरी धतुल्याएर बोल्छन् , सुन्दा पनि दया लाग्छ के बोलेको त्यो प्रमाणित गर्न सक्छन भने गरेर देखाउ उल्टो धमास दिन्छन् । अनि कसरी जेनिता जस्ता नवयुवक युवतीहरुले प्रधानमन्त्री ओलीको बिश्वास गर्ने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments