•  २० भाद्र २०८३, शनिबार

अब्बल महिला राजनीतिज्ञको रुपमा उर्तान सफल अकुटिल(सरल) नेतृ डा.भद्रा

- बैशाख २६, २०८२ मा प्रकाशित


सुधीर नेपाल

घरको चौरस(चारकुना) बाट आफूलाई बाहिर निकाल्न मुस्किल हुने अवस्थामा रहेका महिलाहरुको समाज भएको हाम्रो जस्तो मुलुकमा त्यसमा पनि महिलाहरु प्रति गरिने व्यवहारमा त्यति परिवर्तन आएको महसुस गर्न नसकिएको अवस्थामा आफूलाई अब्बल महिला राजनीतिज्ञको  रुपमा उर्तान सफल अकुटिल(सरल) महिला नेतृ हुन् डा. भद्रा पराजुली भण्डारी ।

काठमाडौंको कोटेश्वरलार्ई राजनीतिक यात्राको खुड्किलो बनाउँदै लगेकी डा. भद्रा अहिले नेपाली कांग्रेसको राजनीतिमा चिरपरिचित महिला नेतृको रुपमा दरिएकी छिन् ।क्यापिटल एफ.एम को संस्थापक एवं प्रबन्धक निर्देशक, रोयल एलिनाज बेकरीको कार्यकारी निर्देशक र सल्लाहाकार एवं निर्देशक इन्द्रेणी इन्टरनेशनल एलएलसी अमेरीका जस्ता संस्थाहरु सँग गाँसीएकी डा भद्रा आफनो जीवनको भोगाइलाई हत्केलामा राखेर हिंड्ने क्षमता राख्छिन् । हो यहि क्षमता नै अहिले उनको सफलताको एउटा पाटो बनेको छ ।

जहिले पनि कुनै पेशा, व्यवसाय वा राजनीति गर्दा गर्दा सबै भन्दा पहिलो बुझ्नु पर्ने कुरा भनेको मानिसमा हुने लगनशिलता हो भन्छिन डा.भद्रा । यदि मानिसमा काम प्रति सहि लगाव छ भने उसले अवस्य पनि सफलताको रसपान गर्न पाउँछ भन्ने भनाइ डा भद्राको छ ।

डा. भद्रा

भन्छिन, काम जति गरिन्छ त्यसको भावलाई समावेश गरेर मेहनत र लगनका साथ गरिन्छ । त्यसैले अहिले सम्म कम्प्लेनको सास्ती भोग्नु परेको छैन ।मान्छेले आफनो उचाई बढाउँदै लगेपछि उसको डिमाण्डले पनि पाखा पर्वत घेर्छ भने जस्तै अहिले डा. भद्रालाई कामहरुका डिमाण्डका बादलले घेर्न थालेका छन् ।

साच्चै जीवनमा पनि भावुकता र रिजर्भ मिजासले छोएको डा.भद्रामा आफनो कामलार्ई भगवान ठान्ने प्रवृति छ ।सामाजिक अभ्यासका कारण पनि आफनो काममा महिला सहभागीता कमिलाई निकै महसुस गरिरहेकी डा.भद्रा राजनीति वा व्यवसाय जे भएपनि उनी भविष्य उज्जवल भएको बताउँछिन ।

सामाजिक उद्देश्य वा समुदायमा प्रभावकारी पहलहरूको नेतृत्व गर्ने इतिहास भएको जोशिलो र समर्पित सामाजिक नेताको रुपमा अगाडि बढि रहेकी डा. भद्रामा गठबन्धन निर्माण, रणनीतिक योजना र तल्लो तहको परिचालनमा दक्ष, सहयोगलाई बढावा दिने क्षमतावान गुण रहेको छ ।

गम्भीर सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न ठोस समाधानहरू प्रभावकारी बनाउन प्रतिबद्ध रुपले लागि परेकी डा. भद्रा जटिल राजनीतिक परिदृश्यहरू नेभिगेट गर्न र लैङ्गिकसमानता र सामाजिक न्यायलाई अगाडि बढाउने कुरामा जहिले पनि अगाडि रहने डा.भद्राले रूपान्तरणकारी परिवर्तनलाई निरन्तर अगाडि बढाउने कार्यमा पनि आफूलाई निर्पूण पारेकी छिन् ।

कांग्रेसको राजनीतिमा परिपक्कता कायम गर्दै गएकी डा.भद्रा जाने देखी कांग्रेसमा लागेको बताउँछिन् । स्थानिय तह ,क्षेत्रीय तह देखी कांग्रेसको केन्द्रिय राजनीतिमा पाइला टेकी रहेकी डा. भद्रा महिला संघको केन्द्रिय सदस्य, नेपाली कांग्रेस बागमती प्रदेशको केन्द्रिय सदस्य हुँदै महासमिती सदस्य बनी सकेकी छिन् ।

सामाजिक अभ्यासका कारण पनि आफनो काममा महिला सहभागीता कमिलाई निकै महसुस गरिरहेकी डा. भद्रा आफूले सुरु गरेको राजनीति र व्यवसायबाट प्रत्यक्ष / अप्रत्यक्ष रुपमा मानिसहरुलाई सहयोग पुगेकोमा डा.भद्रा खुशी व्यक्त गर्छिन ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments