•  ४ श्रावण २०८३, सोमबार

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना प्रहरीको फन्दामा

- बैशाख २८, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोट विदुर नगरपालिका–१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका–९ बस्ने सोही महानगरपालिका–१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका–५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका–४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका छन् ।

पक्राउ मध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ, भुपालले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र मिन बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौं महानगरपलिका–१२ बाट मंगलबार, भुपाललाई काठमाडौं महानगरपालिका–२६ बाट बुधबार र मिन बहादुरलाई नागार्जुन नगरपालिका–५ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments