प्रधानमन्त्री ओलीको राजनीतिक चर्तुयाँईको घेरोमा सभापति देउवा : गर्भनरका कारण भित्रि मनमुटाव
- बैशाख २८, २०८२ मा प्रकाशित

गर्भनर केसले गर्दा सभापति देउवा प्रधानमन्त्री ओली सँग टाढीएका हुन् कि भन्ने आंकलन राजनीति पण्डितहरुको
नेपालको राजनीति अहिले तरंगित अवस्थामा छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धित सरकारको अहिले चौतर्फी आलोचना भै रहेको छ ।देशले अहिले सम्म नयाँ गर्भनर पाउन सकेको छैन । जसका कारण आर्थिक चलखेलका कुराहरु राम्ररी चलायमान हुन् सकेका छैनन् ।
गठबन्धित सरकारको गृहमन्त्री रहेका रमेश लेखकले आफूले चाहेको जस्तो निर्णय गर्न सकेनन् । कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनामा रहेको गर्भनर पदले गर्दा अहिले कांग्रेसको मात्र नभई गृहमन्त्री लेखकको पनि आलोचना भैरहेको छ ।
उता प्रहरी महानिरिक्षक पनि गर्भनर पनि दुबैमा आफूले रोजेको व्यक्तिलाई लाने प्रयासमा लागेका प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी महानिरिक्षक पदमा आफूले चाहेको ब्यक्तिलाई नियुक्ति दिन सफल भए भने अब गर्भनरमा आफनो चाहना बिपरीत निर्णय हुन् नदिने चालमा रहेका छन् ।
कांग्रेस सभापति देउवा अझै पनि गर्भनर हाम्रो नै भन्दै प्रधानमन्त्री ओली र आफू बिच कुनै बैमनुश्यता नरहेको दावी गरिरहेका छन् ।सत्ता साझेदारीमा रहेका एमाले र कांग्रेसले अहिले देशमा भित्रिइरहेको बिधमान अवस्थाको समाधान गर्ने भन्दा पनि भागबण्डा नितिलाई प्राथमिकता दिइरहेका छन् ।
जसको कारण राष्ट्रको आर्थिक कारोबारको मुटु मानिएको नेपाल राष्ट्र बैंकमा गर्भनर पद खाली भएको धेरै समय भै सकेको छ । तर अहिले सम्म नयाँ गर्भनर नियुक्ती गर्न प्रधानमन्त्री ओली नेतृत्व सरकार सफल भएको छैन ।

गर्भनर र नेपाल प्रहरीको प्रमुख पदमा भागबण्डा गरेकामा प्रहरी प्रमुख नियुक्त भएका छन् भने गर्भनरमा भागबण्डा नमिलेको कुरा स्पष्ट देखीन्छ । पाका नेताहरुलाई सत्ताको आवेग र आफन्तहरुको प्रभावले जहिले पनि सताइरह्यो ।बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ ।
देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् ।
राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ ।अहिले प्रधानमन्त्री ओलीको यही राजनीति चर्तुयाईका कारण कांग्रेस सभापति बिस्तार भ्रमित हुँदै गइरहेको अहिलेको राजनीति परिस्थितीले पनि देखाउँछ ।
राजनीतिक धर्मले गति छोडेको मुलुकको रुपमा बिकसीत हुँदै गइरहेको नेपालमा अहिले प्रधानमन्त्री ओली र सभापति देउवा भित्रि रुपमा बेमेल सिर्जना भइरहेको अहिले अवस्थाले पनि देखाउँछ । जसको मूल कारण भनेको गर्भनर नियुक्ति नै हो । जुन अहिले सम्म हुन् सकेको छैन ।
उता राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गरेको छ ।भने प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा हुन् नदिने बताउन थालेका छन् ।
नेपाली उखान कहिले सासुको पालो त कहिले बुहारीको पालो भने झनै अहिले राज्यका तिन बरिष्ठ नेतृत्व एक आपसमा नाचिरहेका छन् । जनता भुलाउने काममा यि तिनै जनालाई कसैले पनि भेट्न सक्दैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरिरहेका छन् । तर, आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको भनाइ पनि बेला बखत राख्ने गरेका छन् ।
धमीलो पानी माथि माछा मार्ने चालमा अहिले माओवादी केन्द्रका अध्यक्ष दाहाल लागेका छन् । कहिले आफै एकताको सन्देश दिन्छन् त कहिले कसरी सत्ता हत्याउने भन्ने खेलोमा लागिहाल्छन् । दाहालको प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओलीलाई हतारो हुन्छ भने उता सभापति देउवाको चाल भनेको जसरी हुन्छ प्रधानमन्त्री बन्ने नै हो जसका लागि सभापति देउवाले मध्यमार्गीको भूमीका खेली रहेका छन् ।
अहिलेको तरंगित राजनीतिलाई राम्ररी नियाँल्ने हो भने गर्भनर केसले गर्दा सभापति देउवा प्रधानमन्त्री ओली सँग टाढीएका हुन् कि आंकलन राजनीति पण्डितहरुले गर्न थालेका छन् । जसको मूल खेलो भनेको सरकार परिवर्तन नै हो भन्दा पनि फरक नपर्ने अवस्था अहिले सिर्जना हुन् थालेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments