सम्मान कै अपमान : द्रब्य पिचासको जालोमा कांग्रेस नेता एवं पूर्वमन्त्री बस्नेत सहित राष्ट्रसेवकहरु
- जेष्ठ १, २०८२ मा प्रकाशित
जेठ, १ ।
सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भष्ट्राचार काण्ड र अहिले टेरामक्स प्रकरण सम्म जति पनि यस्ता काण्डहरु भएका छन् त्यसको पछाडीको परिदृष्य हेर्ने हो भने अब्बल अंकका साथ लोक सेवा आयोगको परिक्षा उत्र्तिण गरेर राष्ट्रको सेवा गर्छु भनेर लागेका सरकारको निजामति सेवाका राष्ट्रसेवकहरुको संग्लनता देखीएको छ ।
अकुत सम्पत्ति आर्जनको मेलो यी राष्ट्रसेवकहरुलाई नर्पनु पर्ने हो तर लोभ लालच र राजनीतिक दबाबमा यी राष्ट्रसेवकहरु आफै बदनामको भूमरी पर्छन भने त्यसका साथै राजनीतिक दलका नेताहरुलाई लिएर जान्छन् ।हो त्यसैको पछिल्लो उदाहरण बनेका छन् नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य र संचारमन्त्री रहेका मोहन बहादुर बस्नेत ।
देखीएको कुरा नेता बस्नेतले कोटेश्वर बाट पाइला सारेपछि सिन्धुपाल्चोक नझरे सम्म उनको एक हात माथि नै हुन्छ । भन्नुको मतलव युवा देखी बृद्ध सम्म चर्चित नेताको उपाधि पाएका बस्नेत अहिले आफै अख्तियारको फन्दामा परेका छन् । जसरी जिल्ला देखी जिल्ला बाहिर उनको सम्मान थियो । त्यो सम्मान अहिले एकै झट्कामा धुलोमा मिल्ने अवस्था आएको छ ।
तत्कालीन अवस्थामा मन्त्री बनेका बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी प्रचलित कानुन विपरीत कार्य गरेको अख्तियारको ठहर छ ।
सबै सँग राम्रो व्यवहार र बोली बोल्ने शैली भएका नेता बस्नेत यति सोच्न पनि भ्याएनन कि पछि जे पनि हुन् सक्छ ।

तर आर्थिक दम्बको अगाडि कसको के लाग्छ । द्रब्य पिचासको फन्दामा परेका नेता बस्नेतलाई राणाशासनकाल देखी नै सरकारकोे माथिल्लो ओहोदामा आफनो दबदबा कायम गर्दै आएका ब्यूरोक्रेटहरुले राम्रै सँग आँखामा पट्टी लगाएको जस्तो छ ।नत्र यति माथि देखीएका नेता बस्नेत कसरी फसे । त्यो आफनो स्थानमा छ । भन्छन् द्रब्य पिचासको अगाडि कसैको पनि केही लाग्दैन् ।
त्यहि द्रब्य पिचासकोे जालोमा अहिले नेता बस्नेत फसेका छन् ।नेपालमा प्रजातन्त्र र गणतन्त्र पछि पनि ब्यूरोक्रेटहरुको चलखेल त्यतिकै कायम छ । यही चलखेलको नतिजा भष्ट्राचार र अकुत सम्पत्ति बन्न पुगेको छ ।
ब्यूरोक्रेट लाई मलजल गर्नेमा कार्यमा नेपालका राजनीतिक दलका नेतृत्वहरुको पनि बराबर हात छ । जसै प्रजातन्त्र र त्यसपछि लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदै देश संघीयतामा गयो ।
तर ब्यूरोक्रेटहरुमा परिवर्तनको एक छेउ पनि संकेत परेनन । झन दल नजिक भएर काम गर्ने आफनो पदीय हैसियत बढाउने लयमा ब्यूरोक्रेटहरु लाग्ने मूल कारण बन्यो अकुत सम्पत्ति त्यसका लागि भष्ट्राचारका काण्ड मच्चाउनु बाहेक अरु बाटो पनि रहेन ।बिस्तारै त्यही अकुत सम्पत्तिको लालचले आफूले जीवनभर कायम गरेको मान प्रतिष्ठतालाई तिलाञ्जली दिन पछि परेनन् ब्यूरोक्रेटहरु त्यसलाई साथ दिए नेपालका राजनीतिक दलका नेताहरुले ।
टेरामक्स प्रकरणमा परेकाहरु दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जना बिरुद्ध मुद्दा दायर भएको छ प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments