•  २० भाद्र २०८३, शनिबार

मिश्र जस्तो ब्यक्तित्व माथि राज्यको ब्यवहार परिवर्तन होस्

- जेष्ठ २, २०८२ मा प्रकाशित


सुधीर नेपाल

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अहिले राज्यको कैदमा छन् ।

गत मंगलबार ८ औं पटक म्याद थप्न अदालत पुर्याउँदै गर्दा जेनिता राईको नजरमा मिश्र परे । मिश्रको बारेमा खासै राम्ररी नबुझेकी भएपनि उनलाई मिश्र प्रति सरकारले गरेको रवैया देखी अहिले दिक्क लागेर आउन थालेको छ ।

जेनिता भन्छिन् , राज्य नै नागरिकको पछि लागेपछि कसको के लाग्छ । जेनिता प्रश्न गर्छिन् , साच्चै मिश्र जी अपराधी हुन् त । तर खोजेको सहज उत्तर भने कसै सँग पनि छैन । किनकी यो राज्यमा राज्य गर्नेहरु मिश्र भन्दा कम अकलमन्द स्वभावका छन् भन्ने कुरा चाँही पक्कै हो ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा लगाएको छ । जहाँ कि त्यस दिनको आन्दोलनको मुख्य कमाण्डर भनेका दुर्गा प्रसाईँ थिए । प्रसाईँ केही दिन भागेपछि प्रहरीले उनलाई उपत्यकाका बाहिरबाट पक्रेको थियो । मिश्रलाई भने आन्दोेलनको भएको दिन साँझ नै पक्रेको थियो ।
पूर्व पत्रकार, लेखक, कवि र राजनीतिज्ञ रहेका मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । त्यहि हैसियतमा सभामा पुगेका मिश्रलाई बिभिन्न कसुर लगाएको छ ।

बरिष्ठ उपाध्यक्ष मिश्र

कुनै अपराधीलाई लगाउने भन्दा कम कसुर छैन उनको । साच्चै उनी अपराधी हुन् त ? अहिले यो प्रश्न हरेक चोकका गल्ली गल्लीमा गरिने गफ हो ।
रंगमञ्च शैलीमा देशलाई हाँकिरहेका प्रधानमन्त्री केपी शर्मा ओली देखी केही राजनीतिक नेतृत्वको कोपभाजनको सिकार भएका उपाध्यक्ष मिश्रमा साच्चै अपराधिक सोच हुन्थ्यो भने उनले अन्य पेशा नै अँगाल्थे होला ।

किन राष्ट्रिय देखी अन्तराष्ट्रिय संचार माध्यमहरुमा सेवा दिन्थे । २०७३ सालमा नेपालको भूमीमा केही परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा प्रवेश गरेका मिश्रलाई राजनीतिको एक दशक पनि पार गर्न नपाउँदै लगाम लगाउन थालियो ।

जेनिता भन्छिन् , नयाँ सोच नयाँ भिजन नेपाललाई पच्दैन । किन राज्यमा राज्य गर्नेहरु पुरानो सोच र ढर्रामा तल्लिन भएका छन् । यिनिहरुले आफनो ज्यान हुन्जेल नयाँ समूहलाई प्रवेश गर्न दिदैंनन भन्ने यर्थाथ सत्य पनि हो । अनि अर्को कुरा राज्यमा बिकासप्रेमी भन्दा भष्ट्राचारी, गफाडी देखी नौटंकीबाजहरुको राज छ ।

त्यसैले पनि मिश्र जस्ता ब्यक्तिहरु उदाउनु भनेको यिनिहरुको लागि फलामको चिउरा साबित हुने देखेपछि यस्ता ब्यक्तित्वहरुलाई छानि छानि साफ गर्ने नितिमा राज्य लागेपछि कसको के लाग्छ जेनिता जस्ता युवायुवतीहरु राज्यको परिदृष्य देखेर वाक्क भई सकेका छन् । जेनिता भन्छिन् मिश्र जस्तो ब्यक्तित्व माथि राज्यको ब्यवहारमा परिवर्तन होस् उनको चाडै रिहा यही कामना छ जेनिता लगायतका युवायुवतीहरुको ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments