


आउ बस मेरो छाया मा
घामको राप टाढै बनोस
संगै बिताऊ मधुर क्षण
आऊ हराऊ एकै छिन्
परम् चैत्यान्यको ओतमा !
म प्रेम हुँ बिश्राम को
म समिर हुँ सुगन्ध हुँ
म स्पर्श हुँ प्रेम को
हराउ प्रेममा यत्र तत्र
आउ बिताउ मधुर छ्यण
यही सुरम्म्य ओतमा !
म संगम चार ऋतुको
सुगन्ध मिठो फुलको
नाजुक स्पर्श छ् पवनको
शान्ति भित्र अस्मिता छ्
शान्तिमै प्रेम छ्
प्रेमका बाछिटा ले
आउ रुझाउ आफुलाई !
मौन सम्बादमा रमाउ
बिना सर्तको प्रेममा अटाउ
चुपचाप् आउ एकछिन
यो मौनतामा रमाउ !
कसैको खुशीको लागि हैन
कसैको स्स्वीकृति चाहिदैन
स्व्यम आफ्नै खातिर
आँफैमा समर्पित भएर आउ
आउ यो शितल छहारिमा !
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments