
थलीको क्विन सहकारीले बचत कुम्ल्याएर भाग्ने दुष्साहस गर्न लाग्दा नगरपालिकाले मार्यो सहकारीमा ताला
- जेष्ठ ३, २०८२ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
बचतकर्ताले आफनो दैनिक देखी मासिक आम्दानीलाई भविष्यमा आवश्यक पर्ने उद्देश्यले बचत गरेको रकमलाई सहकारीका सरोकारवालाहरुले कुम्ल्याएर भाग्ने प्रबृति अहिले नेपालको परिवेशमा नौलो समाचार त पक्कै होइन ।
यही प्रकृतिकोे घटना अहिले कागेश्वरी नगरपालिका वडा नं ५ थलीमा घटेको छ । थलीमा रहेको क्विन बचत तथा ऋण सहकारी संस्थाले बचत कुम्ल्याएर भाग्ने दुष्साहस गर्न लाग्दा कागेश्वरी मनोहरा नगरपालिकाले सहकारीमा तालाबन्दी गरेको छ ।
महानगरीय प्रहरी प्रभाग थलीको प्रहरी टोली, नगर प्रहरी, संचारकर्मी तथा पिडित बचतकर्ताहरुको उपस्थितिमा ताला लगाइएको छ ।चावहिलमा मुख्य कार्यालय रहेको भनिएको सहकारीले २०७७ सालमा नगरपालिकाको सहकारी शाखाबाट अनुमति बिना कार्यालय संचालन गर्दै आइरहेको तथ्य पनि खुलेको छ । बिना अनुमति संचालन गर्नुको मुख्य उद्देश्य भनेको कुलेलम ठोक्नु हो भन्छन् , थलिका एक स्थानियबासीन्दा ।
एक हजार बढी बचतकर्ता रहेका सहकारीमा बचतकर्ताहरुबाट ४ करोड रकम उठाएको थियो । करोडौं रकम उठाएको सहकारीले लगानी भने १५ लाख मात्र गरेको देखिएको छ ।
यसअघि नै नगरपालिकाले माग गरेका विवरणहरु उपलब्ध नगराएको, संस्थाको कार्यालयमा सम्पर्क र ताकेता गर्दा कुनै पनि तत्परता नदेखाएको, संस्थासँग सम्पर्क स्थापित गर्न नसकिएको र कानुनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने भनि निर्दिष्ट गरेको कुनैपनि किसिमका विवरणहरु उपलब्ध नगराएको साथै बचतकर्ताहरुको लिखित उजुरी आएको भन्दै सम्पर्कमा आउन भनेको थियो ।
शाखामा दिनहुँ सयौं बचतकर्ताले उजुरी आउने गरेको नगरपालिकाको सहकारी शाखाका प्रमुख विश्वास ज्ञवालीले जानकारी दिए । नगरपालिकाले बारम्बार बचतकर्ताको माग सम्बोधन गर्न र नगरपालिकामा उपस्थित हुन अनुरोध गर्दा क्विन बचत तथा ऋण सहकारीका संचालक समितिका अध्यक्ष हेमचन लामासहित संचालक समिति सम्पर्कमा आउन समेत नचाहेको शाखा प्रमुख ज्ञवालीको भनाई छ ।
हाल उक्त सहकारीले बचतकर्ताको एक लाख रुपियाँ सम्म फिर्ता गर्न सक्ने अवस्था छैन । तर घर–घर पुगेर दैनिक बचत भने जम्मा गरिरहेको छ । कार्यालय छोडेर भाग्न लागेको सूचना प्राप्त गरेपछि शुक्रबार दिउँसो तालाबन्दी गरिएको हो । नगरपालिका त्यहाँ पुग्दा उमेश बज्राचार्य नाम गरेका एक कर्मचारी मात्र कार्यालयमा भेटिएका थिए ।
उनले भाग्न लागेको नभई मुख्य कार्यालयमा सामान लगेर त्यहींबाट सेवा दिन लागेको स्वीकार गरेका थिए ।प्राप्त जानकारी अनुसार उक्त सहकारी न्युरोड शाखाबाट केहिदिन पहिले यसैगरी बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको थियो ।
सहकारी ऐन अनुसार संघ/संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरिक्षण र ६ महिनाभित्रमा वार्षिक साधारण सभासम्पन्न गरी साधारण सभाको निर्णय र पारित लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ । प्रदेश सहकारी नियमावली २०७६ को नियम १८ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र आफ्नो नियामक कार्यालयमा बुझाउनुपर्ने ब्यवस्था छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments