•  २६ मंसिर २०८२, बिहीबार

भण्डारी रविन्द्र :देश रुपी बृक्ष सबै नाङ्गो पारीसके

- जेष्ठ ३, २०८२ मा प्रकाशित


भण्डारी रविन्द्र

शरिरलाई नशाको धेय हुन्छ
बजारमा बिभिन्न पेय हुन्छ
क्षणिक आनन्द सोच्यो मनले
जिन्दगी जिवन भर क्षेय हुन्छ ।।

आधा साँचेको छु आधा लैजाउ तिमी
त्यही आधामा बाँच्छु बाधा लैजाउ तिमी
लोभ मोह सबै त्यागेको मान्छे म त
यही मेरो जिन्दगी सादा लैजाउ तिमी ।।

हाँगा फेद खाइसके जरा साँचे हुन्थ्यो
जरा बाटै पलाएर फेरि बाँचे हुन्थ्यो
देश रुपी बृक्ष सबै नाङ्गो पारीसके
डाँडो कटाइ फटाहाहरुका खुट्टा भाँचे हुन्थ्यो ।।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर