नुहाउने पुलमा १५ सय देखि २ हजार बिधार्थी पुगेपछि क्षमता बढी भएपछि तोडफोड : प्रहरी र विद्यार्थीबीच झडप

- जेष्ठ ३, २०८२ मा प्रकाशित


कासिन न्यूज,
धनुषा ।

कक्षा १२ परिक्षा दिएर बसेका बिधार्थीहरु गर्मी छल्नको लागि धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा नुहाउन पुगेका थिए।
बिशेष छुटमा सो पार्कमा पुगेका बिधार्थीहरुले पार्कमा तोडफोड गरेका छन् । तोडफोडका क्रममा झडप समेत भएको छ । झडप गर्ने १० जना बिधार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडप भड्किए पछि प्रहरीले हस्तक्षेप गरेको थियो । बिधार्थीहरुले जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।

झडपको क्रममा चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव कुमार यादवले कासिन न्यूजलाई जानकारी दिए । उनका अनुसार झडपमा ढुङ्गामुढा लागेर पाँचजना प्रहरी समेत घाइते भएका छन् ।

तत्काललाई १० जना बिधार्थीहरुलाई नियन्त्रणमा लिए पनि हामी सिसिटिभी फुटेजहरू क्यामेराहरू हेर्दैछौँ । त्यसमा कसले के गरेको छ त्यस अनुसार अनुसन्धान गर्दै संलग्नलाई पक्राउ गर्छौं,’ उनले भने ।

विद्यार्थीको भिडले सडकमा चल्ने दुईवटा सवारी साधनमा समेत तोडफोड गरेका छन्। पार्कमा लाखौँको क्षति भएको छ । अहिले एकिन विवरण आइसकेको छैन । दुई डेढ महिना अघि मात्र पार्क सञ्चालनमा आएको थियो ।

डीएसपी यादवका अनुसार, पार्कले नुहाउनका लागि प्रतिव्यक्ति ९ सय शुल्क लिने गरेको छ । शनिबार कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारप्रसारका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि जनही १ सय रुपैयाँ शुल्क मात्र राखिएको थियो ।

तर नुहाउन १५ सय देखि २ हजार विद्यार्थी पुगेपछि क्षमता भन्दा बढी हुँदा उनीहरू तोडफोडमा उत्रेका थिए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर