
हल्का वर्षा सुरु : देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव
- जेष्ठ ४, २०८२ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
उपत्यकाका केही स्थानहरुमा भने दुई दिन देखी रातीको समयमा केही वर्षा भै रहेको छ । दिनमा घाम लागे पनि राती भने मौसम बदली भै राखेको छ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments