मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल त भएको छैन ? : नेता कोइराला
- जेष्ठ ३, २०८२ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गरेका छन् ।रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै यही कारण गभर्नर नियुक्तिमा पनि चलखेल भइरहेको हुनसक्ने आशंका गरे ।
‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन ? मेरो चिन्ता त्यहाँ छ, म भन्न सक्दिनँ, मलाई थाहा छैन त्यो राष्ट्र बैंकको कुरा । सभापतिजीसँग कुरा गर्दा राम्रै मान्छे हुन्छ,’ नेता कोइरालाले अघि भने, ‘डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नुभएको छ ।
म त्यसमा आश्वस्त छु । मलाई ढुक्क छ । तर, यो कुरा सोच्दा कतै कहीँ गडबड त भइरहेको छैन भन्ने चिन्ता छ ।’उनले गभर्नर नियुक्तिमा संविधान मिचिएको भन्दै चिन्ता पनि व्यक्त गरे ।
‘संविधानलाई मिचियो, यही गभर्नरको केसमा । संविधानमा गभर्नर नियुक्तिको टर्म सकिनुभन्दा एक महिना अघि नै हुनुपर्छ भनेर लेखेको छ । उहाँ (महाप्रसाद अधिकारी) चैत २७ गते नै रहेछ । वैशाख बितिसक्यो, जेठमा यो हाल छ । यसरी कति दिन चल्छ देश ?,’ नेता कोइरालाको प्रश्न छ ।
गत महिना मात्रै करिव २ खर्ब रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र बैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको भन्दै रेमिट्यान्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको आशंका उनको थियो ।त्यस्तै, कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments