
कहाँ अड्कियो गर्भनर पदको हलो?: अकलमन्द सभापति देउवाको चाहमा ठेस लाउँदै अकामी प्रधानमन्त्री ओली
- जेष्ठ ४, २०८२ मा प्रकाशित


- राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन, गर्भनर नियुक्ति व्यक्तिगत निकटताको आधारमा नभई योग्यताको आधारमा हुन्छ जसको लागि छलफल भैरहेको छ : प्रधानमन्त्री ओली
- अझै पनि गर्भनर पद हाम्रो नै हो प्रधानमन्त्री ज्यू सँग मेरो कुरा भै राखेको छ : कांग्रेस सभापति देउवा
- मलाई डर लाग्न थाल्यो, कतै राष्ट्र बैंकको गर्भनर नियुक्तिमा चलखेल त भएको छैन ? : कांग्रेस नेता कोइराला
माथिका भनाईहरु अहिलेका चर्चित भनाईहरु हुन् जुन गर्भनर नियुक्ति सँग प्रत्यक्ष सरोकार राख्छन् । प्रधानमन्त्री देखी गठबन्धित दलका नेताहरु अहिले राष्ट्र बैंकको गर्भनर पदलाई लिएर निकै माथापिच्ची गरिरहेका छन् । जनतालाई दिने आश्वासन निकै कडा र निर्धकका साथ आउन थाले पनि यसको सहि निचोड भने निस्कन सकेको छैन ।
नेपाल प्रहरीको महानिरिक्षक पद र नेपाल राष्ट्र बैंकको गर्भनर पद बिगत देखी नै भागबण्डित थियो । जसमा नेपाल प्रहरीको महानिरिक्षक पद सहमतिमा पुग्यो र प्रहरी महानिरिक्षकको रुपमा दिपक थापाले पद बहाली गरे । तर नेपालको संघीय, प्रदेश र स्थानिय निकायको आर्थिक कारोबारको मूल थलोको रुपमा रहेको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले भने प्रमुख पाउन सकेन ।
सिधा हिसाब र आपसी सहमतिको कुरा गर्ने हो जसरी प्रहरी महानिरिक्षकमा प्रधानमन्त्री ओलीको चासोले मेल खायो । मेल खाने सहमतिको लागि कांग्रेस तयार भयो र प्रहरी महानिरिक्षक पद भरियो । सहमतिमा जसरी प्रधानमन्त्री ओलीको चासोले महत्व पायो । त्यही सहमति अनुसार गर्भनर पदको लागि सत्ता साझेदार दल नेपाली कांग्रेसले दावा गरेको थियो र त्यही सहमति अनुसार प्रधानमन्त्री ओली पनि सत्ता साझेदार दल कांग्रेसलाई गर्भनर पद दिनेमा सहमत भएको कांग्रेसका नेताहरु बताउने गरेका छन् ।

जसले जे बताए पनि अहिले सम्म केन्द्रिय बैंकको प्रमुख पद रिक्त हुनु भनेको आर्थिक क्षेत्रमा देखीएको ठूलो बिडम्बना नै हो ।तरंगित राजनीतिको धरातलमा उभिएको नेपाल अहिले हरेक क्षेत्रबाट पिडित छ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष ओली नेतृत्व सरकारको अहिले चौतर्फी आलोचना भै रहेको छ ।दुई दलको भागबण्डिएताको स्वरुप भएता पनि अहिले सम्म देशले नयाँ गर्भनर पाउन सकेको छैन ।
जसका कारण आर्थिक चलखेलका कुराहरु राम्ररी चलायमान हुन् सकेका छैनन् । उसै त पाखा लागेको आर्थिक क्षेत्र त्यसमा यसलाई डोर्याउने मानिस नै नभएपछि यसको हालत कस्तो होला यो सोच्नु पर्ने बिषय भएको छ ।
गठबन्धित सरकारको गृहमन्त्री रहेका रमेश लेखकले सोचे जस्तोे निर्णय गर्न नसक्नु पनि गर्भनरमा देखीएको किचलो अर्को पाटो हो भन्दा अब फरक पर्दैन होला । कांग्रेस सभापति देउवाको ठूलो चाहनामा रहेको गर्भनर पदले गर्दा अहिले कांग्रेसको मात्र नभई गृहमन्त्री लेखकको पनि आलोचना भैरहेको छ ।
गर्भनरमा आफनो चाहना बिपरीत निर्णय हुन् नदिने चालमा प्रधानमन्त्री ओली रहेको सभापति देउवालाई हेक्का नभएको जस्तो लाग्न थालिरहेको छ ।कांग्रेस सभापति देउवा अझै पनि गर्भनर हाम्रो नै भन्दै प्रधानमन्त्री ओली र आफू बिच कुनै बैमनुश्यता नरहेको दावी गरिरहेका छन् ।सत्ता साझेदारीमा रहेका एमाले र कांग्रेसले अहिले देशमा भित्रिइरहेको बिधमान अवस्थाको समाधान गर्ने भन्दा पनि भागबण्डा नितिलाई प्राथमिकता दिइरहेका छन् ।
जसको कारण राष्ट्रको आर्थिक कारोबारको मुटु मानिएको नेपाल राष्ट्र बैंकमा गर्भनर पद खाली भएको धेरै समय भै सकेको छ । तर अहिले सम्म नयाँ गर्भनर नियुक्ती गर्न प्रधानमन्त्री ओली नेतृत्व सरकार सफल भएको छैन भन्नु भन्दा पनि प्रधानमन्त्री ओली सो पद सत्तासाझेदार दल कांग्रेसलाई दिन चाँहदैनन भन्दा अझ मुनासिब होला ।
प्रधानमन्त्री ओली नेतृत्व दलको अर्थमन्त्री भएको स्थानमा राष्ट्र बैंकको गर्भनर जस्तो पद जसले देशको सम्पूर्ण आर्थिक कारोबारको एउटा हिस्सा ओगटेको हुन्छ । त्यसलाई जानी जानी अन्यलाई दिन कसरी प्रधानमन्त्री ओली राजी हुन्छ यो अर्को सोचनिय कुरा हो ।
प्रधानमन्त्री ओली र सभापति देउवालाई सत्ताको आवेग र आफन्तहरुको प्रभावले जहिले पनि सताइरह्यो ।बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ । त्यसै कारणले पनि गर्भनर पदको हलो अड्किएको हो । अब अड्किएको हलो कहिले बाहिर आउँछ । र अड्किएको हलोको सहि निकासा दिने जिम्मा सत्तासाझेदार दलका प्रमुखहरुलाई दिंउँ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २४, २०८२भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
-
असार २४, २०८२त्रिशूली नदीमा २ जनाको शव फेला
-
असार २३, २०८२साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने
-
असार २३, २०८२भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments