•  २४ असार २०८२, मंगलवार

गभर्नर नियुक्तिका लागि एमाले र कांग्रेसबिच रस्साकस्सी चलिरहेको समयमा ओली र देउवाबिचको भेट अर्थपूर्ण

- जेष्ठ ५, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता हुन लागेको हो ।नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे अन्तिम छलफलका लागि देउवा र ओलीबिच भेट हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गभर्नर नियुक्तिका लागि एमाले र कांग्रेसबिच रस्साकस्सी चलिरहेका बेला हुन लागेको ओली र देउवाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ ।

तर हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर