•  २६ मंसिर २०८२, बिहीबार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् हरिराम प्रहरीको फन्दामा

- जेष्ठ ८, २०८२ मा प्रकाशित


कासिन न्यूज,
धनुषा ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए ।स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो । श्रीमान् रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन । धनुषा प्रहरीले घटनाबारे बिहिबार दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए ।

सम्वन्धित समाचार

श्रीमान हरिराम फरार : प्रहरीले शव सडेगलेको अवस्थामा फेला पार्यो अञ्जलीको शव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर