
केही दिन देखी जेनिता राईको मनलाई एउटा कुराले सताई रहेको रहेछ । के रहेछ त उनलाई सताउने त्यो कुरा भन्दा उनले प्रश्न भुँइमा छर्न नपाउँदै जवाफ फकाई हालिन । के हुनु नि देशमा देखीएको बिकृति त होनी !
जेनितालाई अहिले देशमा देखीएकोे बिकृति देखी मन कट्टक खाएर आउँछ । अहिले देश काण्डै काण्डले जेलिएको देख्दा जेनितालाई देश छोडेर बिदेशीन मन छ । तर पढाई अर्ध भएकोले उनले त्यो बारे सोच्ने फुर्सद पाएकी छैनन् उनले ।
तर उनी अहिले देशमा घटेका घटनाहरुका बारेमा भने राम्रै हेक्का राख्दिरहेछिन् । कुरै कुरामा उनले देशमा भर्खर घटेको भिजिट भिसा प्रकरण बारे कुरा निकालिन । सो घटना बारे राम्रै दख्खल भए झै गरि उनले भनिन ।कस्तो हाम्रो देश जहाँ कर्मचारी भष्ट्राचार गर्छन । उनीहरुलाई बचाउन लागि उनीहरुको सरुवा मन्त्रीले गर्छन । जसमध्ये गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईको समेत सरुवा गरिएको थियो ।
अख्तियारले उनीहरूको सरुवा भएको अर्को दिन बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा हान्दै सरुवा भए पनि रमना बुझी नसकेका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको थियो । अहिले उनको मोबाइल नियन्त्रणमा लिएर अख्तियारले ‘फरेन्सिक ल्याब’मा पठाएको छ ।
मन्त्रालय स्रोतले प्रमुख भट्टराईले भिजिट भिसामा नक्कली कागजातका आधारमा बाहिर पठाउन प¥यो भन्ने यिनै नायब सुब्बा र कम्प्युटर अपरेटरबाट कागजात पास गराउँथे भन्ने सूचना पनि बाहिर आएको छ ।
यसरी देशको अध्यागमन कार्यालय जस्तो संवेदनशील क्षेत्रमा बसेर काम गर्ने कर्मचारीहरुको बदमाशीको लागि सजाय दिनुको साटो उल्टो ढाकछोप गर्ने प्रबृति बिकास भै रहेको हाम्रो राष्ट्रमा सबैभन्दा तल्लो स्तरमा आएर भष्ट्राचार गर्नेमा निजामती तर्फका कर्मचारीहरु नैै पर्छन भन्दा अब फरक नपर्ने स्थिती आएको बताउँछिन् जेनिता ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments