
मोरल स्ट्याटस देखाउने हो भने गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ : नेता कोइराला
- जेष्ठ १०, २०८२ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।
उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए । ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि’, उनले अघि भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताए ।
उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे । उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए ।त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरुलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २४, २०८२भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
-
असार २४, २०८२त्रिशूली नदीमा २ जनाको शव फेला
-
असार २३, २०८२साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने
-
असार २३, २०८२भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments