
देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर–राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसको धारणा आएन : नेता कोइराला
- जेष्ठ १३, २०८२ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नोबारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म मानेको बताएका छन् । ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला, तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने ।
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर–राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफू छक्क परेको बताए । कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।
बिराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन गर्दै कोइरालाले भने, ‘के बाध्यता आइप¥यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?’ कोइरालाले प्रश्न गरे । पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २४, २०८२भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
-
असार २४, २०८२त्रिशूली नदीमा २ जनाको शव फेला
-
असार २३, २०८२साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने
-
असार २३, २०८२भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments