
प्रधानमन्त्री ओलीको उक्कसाहट पूर्ण अभिब्यक्तिले ल्याएको तरंग
- जेष्ठ १४, २०८२ मा प्रकाशित


अहिले संघीय राजधानी काठमाडौंमा जेठ १५ गते बिहिबार गणतन्त्र दिवसको दिन पारेर राजावादीहरुको समूह र गणतन्त्रवादीहरुको समूहले छुट्टा छुट्टै कार्यक्रम घोषणा गरिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ । राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगत्सँग आग्रह गरे । उनले भने , “तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधान विरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ ।”
उता नेकपा एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएकोतर्फ इङ्गित उनले भने , “पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली पनि हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न आग्रह गर्छु ।”
अहिले प्रधानमन्त्री ओलीमा एकप्रकारको उक्कसाहट सिर्जना भएको छ । देशको सर्बोच्च पदमा बसेर अरुलाई उक्कसाउने र भ्रम सिर्जना गर्ने काम प्रधानमन्त्री ओलीबाट भैरहेको भन्दै अहिले चौतर्फी बिरोध भै रहेको छ ।
४ महिना अगाडि फागुन २५ मा पोखराबाट काठमाडौं आएका पूर्वराजा शाहलाई हजारौं समर्थकहरू काठमाडौंमा जम्मा भएर उनलाई विमानस्थलदेखि नागार्जुन पुर्याइएको थियो । पूर्वराजाको पक्षमा देखिएको उक्त भीडपछि हौसिएका राजावादीहरू देखेर लोकतान्त्रिक गणतन्त्रको हिमायती बनेका नेपालका ठूला दलहरुका शिर्ष नेतृत्वहरुले पनि आफनो देश दौडाहाको यात्रालाई बढाउन थालेका छन् ।
दुई महिना अगाडि चैत्र १५ गते राजावादीहरुले गरेका ताण्डव अहिले पनि आम मानिसहरुले बिर्सिएका छैनन । सोही घटना नदोहोरियोस भनेर अहिले सुरक्षा दृष्टिलाई मजबुत गरिदैं छ ।
राजनीतिमा कलह र बिग्रहको आफनो स्थान हुन्छ । तर भन्न खोजीएको कुरा के हो भने । अहिले जसरी पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई जनता सामु अगाडि सारी रहेका छन् र जनताको साथ र सहयोगको लागि देश दौडाहाको निति अंगालिरहेका छन् ।यसले स्वभाविक सन्देश पनि प्रवाह गरिरहेको छ । आखिर पूर्व राजा चाहन्छ के ? भन्दा सबैलाई थाहा भएको कुरा गुमेको बिरासत । तर पूर्व राजाले देश दौडाहा गर्दैमा उनको गुमेको बिरासत फर्किहाल्छ भन्नु एक प्रकारको मुखर््ँयाई हो भन्दा फरक पर्दैन होला ।
तर देशमा देखीएको बिधमान अवस्था देखी अहिले नेपाली जनता आजित भएका छन् । देशमा घटेका काण्ड माथि काण्ड, आर्थिक अपचलन, भारी ऋण जस्ता कुराहरुले जनमानसको मनमा यो शासन सत्ता प्रति बितृष्णा पैदा हुँदैै गएको एक प्रकारको माहोल बजारी हल्लामा देखीन थालेको छ ।राजतन्त्र भन्नु नै राजनीतिको केन्द्रबिन्दू हो । राजनीति नभई राजतन्त्र चल्दैन भन्ने कुरा बिगतका इतिहासले पनि देखाउँछन् ।

त्यसो भन्दा पूर्व राजा ज्ञानेन्द्र आफनो राजनीतिलाई भूमीगत रुपमा बिगत देखी चलाउँदै आएको भान हुन्छ । र हो पनि । पूर्व राजा ज्ञानेन्द्र जति बेला गद्दी त्यागको घोषणा गर्दै जनताको नासो जनतालाई भन्ने सन्देश दिए । त्यहि बेला देखी उनको मनमा विभिन्न खेलिरहन्थे भन्ने कुरा बिगतका केही वर्ष देखी देखीएको उनको चालले पनि देखाउँछन् ।यसरी पूर्व राजाले खेलेको चाललाई अहिलेका पाका राजनेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेउ पाउन सकेनन् ।
कारण यी तिनै पाका नेताहरुलाई सत्ताको आवेग र आफन्तहरुको प्रभावले जहिले पनि सताइरह्यो । जनताको नासो जनतालाई भन्दै नार्गजुन तिर लागेका पूर्र्व राजालाई सानो धरातलमा रहेको भन्ने कुरा ठाने यी तिन राजनेताले ।बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ । देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।
यसरी एक आपसमा धोती लगाइदिने तिन राजनेताको चाल नै अहिले पूर्व राजा ज्ञानेन्द्रले खेल्ने मौका पाए । तिन राजनेता आफै आफैको राजनीतिक खेलमा नतमस्तक हुनु पनि पूर्व राजा ज्ञानेन्द्रले शिर उठाउनुको कारण बन्दै थियो भने अर्को कुरा जनतामा यि तिन राजनेता प्रति देखीएको बितृष्णा पनि राजावादीहरुलाई मौलाउने बाटो दिन थालेको छ । त्यसै भाषण र हावादारी कुरा गरेर जनता भुलाउने भन्दा पनि देशलाई बिकासको शुद्ध गतिमा लाने तर्फ यि तिन राजनेताले ध्यान दिने अवस्था आइसकेको छ । नत्र गुमेको बिरासतमा पूर्व राजा ज्ञानेन्द्र बर्तमान भएर राज गर्न समय लाग्ने छैन ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २४, २०८२भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
-
असार २४, २०८२त्रिशूली नदीमा २ जनाको शव फेला
-
असार २३, २०८२साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने
-
असार २३, २०८२भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments